कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा !

एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङविरुद्ध भारतको एक अदालतमा मुद्दा दर्ता भएको छ। कोरोना फैलाएको भन्दै राष्ट्रपति सी जिनपिङविरुद्ध भारतको बिहारस्थित मुज्जफुर अदालतमा मुद्दा दर्ता भएको हो।

कोरोना फैलाएको भन्दै अधिवक्ता सुधीर कुमारले भारतको बिहारस्थित मुज्जफुर अदालतमा मुद्दा दायर गरेको भारतका संचार माध्यमहरुले जनाएका छन्।

सो मुद्दा राष्ट्रपति सी जिनपिङ सहित भारतका लागि चिनियाँ राजदूतविरुद्ब पनि दायर गरिएको बताइएको छ। चिनियाँ राष्ट्रपति सि जिङपिङ र भारतका लागि चीनका राजदूत सीन वाइडङविरुद्ध दायर भएको मुद्दाको सुनुवाइ अप्रिल ११ मा न्यायीक अधिकारीको कार्यालयमा हुने भारतका संचार माध्यमको भनाई छ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी रुप लिएको छ। अनियन्त्रित रुपमा फैलिएकै कारण विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ ।

आइतबार सार्वजनिक एक तथ्यांक अनुसार हाल सम्म कोरोना भाइरसको संक्रमण १४१ मुलुकमा देखा परिसकेको छ। शुरुवाती रुपमा चीनमा धेरैको ज्यान लिएपनि अहिले कोरोनाको संक्रमण युरोप र अमेरिकामा भयावह बन्दैछ।

आइतबार मात्रै इटालीमा कोरोनाको संक्रमणबाट ३६८ जनाको ज्यान गएको बताएको छ। इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ ।

कोरोनाभाइरसबाट प्रभावित भएका युरोपेली फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ ।

जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ ।

प्रकाशित : , ०, ०१३:१२

चीन पछि सबै भन्दा धेरै जर्मनीमा निको भए कोरोना संक्रमित, मृत्युदर पनि अन्य देशहरु भन्दा न्यून !