चीन पछि सबै भन्दा धेरै जर्मनीमा निको भए कोरोना संक्रमित, मृत्युदर पनि अन्य देशहरु भन्दा न्यून !

एजेन्सी – युरोप तथा अमेरिकालाई केन्द्रविन्दु बनाइरहेको कोरोना भाइरस संक्रमणले विश्वभर १ लाख २४ हजार ६१६ जनाको ज्यान लिसकेको छ। यो समाचार तयार पर्दा सम्म विश्वभर संक्रमितको संख्या २० लाख नाघेर २० लाख ८३ हजार ३०४ पुगेको छ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका छन् भने सबै भन्दा धेरै मृत्यु पनि अमेरिकामा भएको छ। त्यहाँ अहिले सम्म ६ लाख ४४ हजार ८९ संक्रमित फेला परेका छन्। बितेको २४ घण्टामा मात्रै त्यहाँ २ हजार चार सय ७९ जनाको ज्यान गएको छ।

न्यूयोर्कमा सबै भन्दा धेरै ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्। न्यूयोर्क पछि न्यूजर्सीमा ३ हजार भन्दा बढीको ज्यान गएको छ। न्यूयोर्कमा २ लाख १४ हजार संक्रमित फेला परेका चन भने अमेरिकामा अहिलेसम्म ४८ हजार मानिस निको भएर घर फर्किएका छन्।

कोरोना भाइरसक कारण अमेरिका पछि सबै भन्दा धेरै इटालीमा २१ हजार ६ सय ४५ जना, स्पेनमा १८ हजार ८ सय १२ जना, फ्रान्समा १७ हजार १ सय ६७ जना र बेलायतमा १२ हजार ८ सय ६८ जनाको ज्यान गएको छ।

सबै भन्दा धेरै संक्रमित फेला परेका देशहरुमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी र बेलायत रहेका छन्। अहिले सम्म अमेरिकामा ६ लाख ४४ हजार ८९, स्पेनमा १ लाख ८० हजार ६५९ इटालीमा १ लाख ६५ हजार १५५, फ्रान्समा १ लाख ४७ हजार ८६३ जर्मनीमा १ लाख ३४ हजार ७५३ र बेलायतमा ९८ हजार ४७६ संक्रमित फेला परेका छन्।

कोरोना संक्रमण भएको शिर्ष देशहरु मध्ये सबै भन्दा धेरै संक्रमित जर्मनीमा निको भएका छन्। त्यहाँ अहिले सम्म ७२ हजार ६०० जना संक्रमित निको भयर घर फर्किसकेका छन्। यस्तै त्यहाँ मृत्युदर पनि अन्य देशहरु भन्दा निकै न्यून देखिएको छ। अहिले सम्म त्यहाँ २ हजार ८ सय ४ ले ज्यान गुमाएका छन्। जसमध्ये ३०९ जना बितेको २४ घण्टामा बितेका हुन्।

जर्मनीको मृत्युदर अहिले मात्रै २ दशमलभ ८२ प्रतिशत छ। कोरोनाबाट संक्रमित शिर्ष देश मध्य जर्मनीको मृत्युदर सबै भन्दा न्यून हो। कोरोनाको शुरुवाती केन्द्रविन्दुको रुपमा रहेको चीन भन्दा पनि जर्मनीमा मृत्युदर कम देखिएको छ। जर्मनीमा मृत्युडर मात्र नभई निको हुनेको संख्या पनि चीन पछि सबै भन्दा धेरै देखिएको छ। त्यहाँ अहिले ७२ हजार ६०० जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित : , ०, ००५:३९

स्वरोजगार बन्दै पोर्चुगलका नेपाली