ह्वात्तै घट्यो सुनको मूल्य, १० ग्रामको मात्र ६६ हजार! हेर्नुहोस् आजको सुन तथा चाँदीको मूल्य

काठमाडौँ, फागुन २९ । फागुन महिनाभर  लगातार उकालो लागिरहेको सुनको मुल्य बिहिबार तोलामा ८ सय रुपैयाले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज हप्ताको पहिलो दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ७७ हजारमा कारोबार भैरहेको छ भने १० ग्रामको मात्रै ६६ हजार १५ रुपैया रहेको छ।  यस्तै आज तेजावी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै फाल्गुल महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको थियो।

त्यस्तै आज बिहिबार चाँदीको मुल्य प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको छ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००५:१२

ह्वातै बढ्यो सुनको मुल्य, चाँदीको भाउ स्थिर!