ह्वातै बढ्यो सुनको मुल्य, चाँदीको भाउ स्थिर!

काठमाडौँ, चैत्र ३ । फागुन महिनाभर  लगातार उकालो लागिरहेको सुनको मुल्य चैत्र महिनाको सुरुवातमा घटेको थियो । तर आज भने सुनको मुल्य फेरी तोलामा ५ सय  रुपैयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज हप्ताको पहिलो दिन नेपाली बजारमा छापावाला सुन प्रतितोला ७७ हजार ५ सय रुपैयामा कारोबार भैरहेको छ । त्यस्तै  आज तेजावी सुन प्रतितोला ७७  हजार २  सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला ७७ हजार र तेजावी सुन तोलामा ७६ हजार ७ सय रुपैया कायम रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै फाल्गुल महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको थियो । गत फागुन २३ गते अहिलेसम्मको महँगो भाउ ८२  हजार ५  सय रुपैयाँ रहेको थियो।

त्यस्तै आज मंगलबार  चाँदीको मुल्य भने स्थिर रहेको छ।  आज चाँदीको मुल्य प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको छ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००५:३०

आज २ हजारले घट्यो सुनको मुल्य, यस्तो छ आजको भाउ!