आज फेरी घट्यो सुनचाँदीको मुल्य, यस्तो छ भाउ!

काठमाडौँ, फागुन २९ । फागुन महिनाभर  लगातार उकालो लागिरहेको सुनको मुल्य बुधबार तोलामा ४ सय रुपैयाले घटेको थियो । आज फेरी  सुनको मुल्य  तोलामा ८ सय रुपैयाले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहिबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाले घटेको  छ । आज तेजावी सुन प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । बुधबार  छापावाला  सुन प्रतितोला ८२  हजार ३ सय र तेजावी सुनको मुल्य ८२  हजार रुपैयामा  बिक्रि वितरण भईरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा परेसँगै यहि महिनामा सुनको मूल्यले रेकर्ड नै कायम गरेको छ  ।

त्यस्तै  आज चाँदीको मूल्य पनि तोलामा २०  रुपैयाले घटेको छ । बिहिबार चाँदीको मुल्य प्रतितोला ८ सय ६०  रुपैयामा कायम भएको छ ।

पछिल्लो समय अमेरिका र इरानमा देखिएको तना-व र चीन-अमेरिका व्यापार यु-द्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ। महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : , ०, ००५:२७

ह्वात्तै घट्यो सुनको मूल्य, १० ग्रामको मात्र ६६ हजार! हेर्नुहोस् आजको सुन तथा चाँदीको मूल्य