गिरिजाबाबु बारे प्रचण्डले नयाँ खुलासा गरेपछि कांग्रेस आक्रोशित ! [विज्ञप्ति सहित]

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले जनयु-द्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफूहरुलाई फौजी आ-क्रमण बढाइदिन आग्रह गर्ने गरेको भन्दै प्रचण्डले दिएको अभिव्यक्ति प्रति कांग्रेसले वक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।

बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रचण्डको अभिव्यक्तिलाई शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्नको संज्ञा दिएका छन्।

“माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व. गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ।”,विज्ञप्तिमा भनिएको छ।

यदि कोइरालाले त्यसो भनेकै भए प्रचण्डले उनी जिवित छंदा सार्वजनिक नगरी कोइरालाको निधन पछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद रहेको कांग्रेसले जनाएको छ।

” ‘फौजी आ-क्रमण अलि बढाइदिनुपन्यो र सदरमुकाम हान्नुपन्यो’ भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि साँचै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छंदानै दहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो । तर उहाँको निधन भएको यतिका बर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ।”,विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : , ०, ०१४:१९

“माओवादी जनयुद्धकै कारण देश ५० वर्ष पछि धकेलिएको भुल्न सकिँदैन” – सूर्य थापा