“माओवादी जनयुद्धकै कारण देश ५० वर्ष पछि धकेलिएको भुल्न सकिँदैन” – सूर्य थापा

काठमाडौँ – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा तथा नेकपा नेता तत्कालिन माओवादीले गरेको जनयु-द्धका कारण देश ५० औं वर्ष पछाडि धकेलिएको बताएका छन्।

ऋषि धमलासँग कुराकानी गर्दै थापाले हिजो पनि आफूले जनयु-द्धका कारण देश ५० औं वर्ष पछाडि धकेएको बताउँदै आएको र आज पनि त्यहि भन्ने बताएका हुन्।

जनयु-द्ध देखि राजतन्त्रको अन्त्यसम्म आइपुग्दा सकारात्मक परिवतर्न ल्याएको भएपनि जनयु-द्धका कारण देशका खर्बौंको राष्ट्रिय पूर्वाधार सखाप भएको उनले स्मरण गरे।

यसो भनिरहँदा जनयु-द्धको सकारात्मक पक्ष छैन भन्न भने नमिल्ने उनको बुझाई छ। सात राजनीतिक दल र नेकपा माओवादीको सहकार्यले मुलुकमा २४० वर्ष वंशानुगत राज गरेर संस्थाको अन्त्य भएको कुरालाई भुल्न नसकिने उनको जिकिर छ।

“म आजपनि भन्छु, व्यक्ति ह-त्याबाट हाम्रो जस्तो बुद्धको भूमि अगाडि बढ्न सक्दैन । जनयु-द्धले अनावश्यक क्षति ल्याउँछ । विगतका जनयु-द्धमा पनि राजतन्त्रको अन्त्यसम्म आइपुग्दा त्यसले सकारात्मक परिवतर्न ल्याएको भएपनि जनयु-द्धका कारण देशका खर्बौंको राष्ट्रिय पूर्वाधार सखाप भएको छ । जनजीवन प्रभावित भयो, मुलुक ५० औं वर्ष पछाडि धकेलियो भनेर म हिजो पनि भन्थेँ आज पनि भन्छु । यो चाहीं क्षतिको, बर्बादीको पाटोको कुृरा गरेको हो । फेरि यसको सकारात्मक पक्ष भनेको सात राजनीतिक दल र नेकपा माओवादीको सहकार्यले मुलुकमा २४० वर्ष वंशानुगत राज गरेर संस्थाको अन्त्य भएको छ ।”,धमलासँग कुराकानी गर्दै उनले भने।

“नेपालमा जस्तै मौलिक परिवर्तन दुनियाँमा कतै भएको छैन्” – प्रचण्ड

प्रकाशित : , ०, ०१४:३२

कोरोना भाइरसको हल्लामा वास्तविकता छैन – स्वास्थ्य मन्त्री