असोज ६ गतेको राशिफल : आइतबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। ग्रह एक राशि करिब एक महिनासम्म चल्छ, यसरी एक वर्षमा १२ राशिको चक्र पूरा हुन्छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं.२०८१ असोज ६ गते आइतबार हो।

आइतबारको दिन कुन-कुन राशिलाई लाभ र कुन-कुन राशिका जातक सावधान रहनुपर्नेछ त ? पढ्नुहोस् मेष राशिदेखि मीन राशिसम्मको राशिफल : –

असोज ६ गतेको पञ्चाङ्ग र राशिफल :

दिन : आइतवार
तिथि : पञ्चमी २१:१२ बजेसम्म, त्यसपछी षष्ठी
नक्षत्र : भरणी ०६:३० बजेसम्म, त्यसपछी कृत्तिका ०५:१७ बजेसम्म, त्यसपछी रोहिणी
योग : हर्षण १४:५८ बजेसम्म, त्यसपछी वज्र
करण : कौलव १०:११ बजेसम्म, त्यसपछी तैतिल २१:१२बजेसम्म, त्यसपछी गर

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

दिनको प्रारम्भ उर्जा र उल्लासमा बित्नुहुनेछ । शारीरिक तथा मानसिक स्वास्थ्य स्वस्थ रहनेछ । साथी एवम आफन्तसँग मेलमिलाप हुनेछ । परिवारसँग मनदु:खको प्रसंग रहनेछ । खानपानमा ध्यान राख्नुहोला । कुराकानी गर्ने समय उग्र्तापूर्ण भाषाको प्रयोग नगर्नुहोला ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मनको दुविधापूर्ण स्थितिले असुन्तुष्टि अनुभव गर्नुहुनेछ । धार्मिक कार्यमा खर्च हुनेछ । आफन्तसँग वियोग हुनेछ । मध्यान्नपछि केहि अनुकुल अनुभव गर्नुहुनेछ । काम गर्न उत्साह वृद्दि हुनुको साथसाथै आर्थिक लाभ प्राप्त हुनेछ । पारिवारिक वातावरणले  आनन्दित  गर्नेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मित्रबाट लाभ मिल्नेछ । नयाँ साथी भविष्यको लागि लाभदायी रहनेछ । सरकारी कार्यमा लाभ हुनेछ । मध्यान्नपछि सावधानी अपनाउनुहोला । धर्म र कर्ममा अधिक हानि नहोस यस कुराको ध्यान राख्नुहोला । पैसाको लेनदेन नगर्नुहोला ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

दिनको प्रारम्भमा शारीरिक र मानसिकरुपले व्याकुलता र अस्वस्थताको अनुभव गर्नुहुनेछ । रिसको मात्रा अधिक रहनाले मनदु :ख हुनेछ ।  मध्यान्नपछि शारीरिक स्थितिमा सुधार आउनेछ । परिवारमा आनन्द वातावरण रहनेछ । व्यवसायिक स्थलमा उच्च अधिकारीसँग आवश्यक चर्चा गर्नुहुनेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

पारिवारिक तथा व्यवसायिक क्षेत्रमा दिन राम्रो तरिकाले बित्नेछ । कार्यको बोझ बढ्नुको साथसाथै  स्वास्थ्यमा शिथिलता अनुभव गर्नुहुनेछ । मध्यान्नपछि स्वास्थ्यमा सुधार आउन सक्ला । सामाजिक कार्यमा भाग लिनुहुनेछ ।  साथीसँग भेट हुनेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

तपाईको मन गहन चिन्तनशक्ति एवम् रहस्यमय विद्याप्रति आकर्षित हुनेछ । सोचविचार गरी बोल्नुहोला । स्वास्थ्यमा केहि अस्वस्थता अनुभव गर्नुहुनेछ । मध्यान्नपछि बसाईको आयोजन गर्नुहुनेछ । धार्मिक तथा मांगलिक कार्यमा जाने प्रसंग उपस्थित हुनेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सामाजिक तथा बाह्य क्षेत्रमा प्रशंसा प्राप्त गर्नुहुनेछ। प्रियपात्र मिल्नाले मन प्रफुल्लित रहनेछ। दाम्पत्यजीवनमा सुख र सन्तोष अनुभव गर्नुहुनेछ। मध्यान्नपछि बोलि र व्यवहारमा विशेष ध्यान राख्नुहोला । आध्यात्मिक सिद्धि मिल्ने योग रहेको छ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

दिन निकै प्रवृत्तिमय र आनन्दमय रुपमा बित्नेछ ।  व्यवसाय र व्यापारको कार्यमा व्यस्त रहनुहुनेछ । अधिक मान्छेसँग भेट हुँदा विचार आदानप्रदान गर्नुहुनेछ । सामाजिक क्षेत्रमा कार्यको प्रशंसा रहनेछ । दाम्पत्यजीवनमा आनन्द छाईरहनेछ ।  प्रिय पात्रसँग भेट हुनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

शारीरिक तथा मानसिकरुपले शिथिलता अनुभव गर्नुहुनेछ । कार्यको लागि अधिक भागदौड गर्नुहुनेछ । मध्यान्नपछि शारीरिक तथा मानसिक स्वस्थता अनुभव गर्नुहुनेछ । साथी एवम आफन्तसँग आनन्दपूर्ण समय बिताउनुहुनेछ ।   आर्थिक लाभ हुनेछ ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

अधिक भावनाशिल एवम संवेदनशिल नबन्नुहोला । मानसिक अस्वस्थता रहनेछ । सन्तानसँग चिन्ता रहनेछ । सरकार तथा उच्च अधिकारीको विषयमा कार्य सफलता प्राप्त हुनेछ । सम्पत्तिको पत्रमा दस्तावेज नगर्नुहोला ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

नयाँ कार्य गर्ने प्रेरणा मिल्नेछ । विचारमा शिघ्र परिवर्तन आउन सक्ला । लेखन कार्यको लागि दिन राम्रो रहेको छ । मध्यान्नपछि परिस्थितिमा परिवर्तन आउनेछ । तपाईको बोलि र व्यवहारले कसैको मन दुख्नेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

अधिक खर्च हुनाले मन व्यग्र रहनेछ । मनमुटाव वा तनावको प्रसंग नबन्नुहोला । आर्थिक विषयमा सम्हालेर चल्नुहोला । परिवर्तन भएको विचारले  दुविधापूर्ण  स्थिति निर्माण गर्नेछ । बोद्दिक विचार अनुभव गर्नुहुनेछ ।

अर्को समाचार: