साप्ताहिक राशिफल : यो हप्ता यी चार राशि हुनेछन् मालामाल, मिल्नेछ मनग्यै लाभ

काठमाडौँ : ज्योतिष गणना अनुसार यो हप्ता ४ राशिका मानिसको लागि अत्यन्त शुभ रहनेछ। यस अवधिमा यी चार राशिका मानिसले थुप्रै क्षेत्रमा शुभ परिणाम प्राप्त गर्नेछन्। यो हप्ता ग्रह-नक्षत्रको चाल यी राशिको लागि अनुकूल रहनेछ। जान्नुहोस् कुन ४ राशिका मानिसको लागि यो हप्ता शुभ रहनेछ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : यो हप्ता साथी-भाई तथा शुभ चिन्तकबाट मद्दत मिल्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा सहकर्मीको पूरा साथ सहयोग प्राप्त हुनेछ। साताको प्रारम्भमा नै पारिवारिक समस्याको समाधान मिल्नाले मन प्रशन्न रहनेछ।

बिरामी रहेका मानिसको स्वास्थ्यमा सुधार आउनेछ। परिवारका सदस्यसँग सुखमय समय बिताउले मौका मिल्नेछ। सरकारी पक्षबाट लाभ मिल्न सक्छ। हप्ताको अन्त्यमा कुनै ठूलो पदको जिम्मेवारी मिल्नेछ। आयका स्रोत प्रशस्त हुनुका साथै आर्थिक लाभ मिल्ने पूरा सम्भावना रहेको छ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : यो हप्ता तपाईंको आत्मविश्वासमा वृद्धि हुनुका साथै कार्यक्षेत्रमा तपाईंको श्रम तथा इमान्दारीताको सम्मान हुनेछ। केहि समयदेखि चलिरहेको समस्याबाट छुटकारा पाउनु हुनेछ। शत्रु तथा कपटी मानिसबाट मुक्ति मिल्नेछ।

कुनै वरिष्ठ मानिसको सहयोगमा आफन्तसँग चल्दै आएको मनमुटाव दूर हुनेछ। प्रेम सम्बन्ध मजबूत हुनेछ। जीवनसाथीको पूरा साथ-सहयोग प्राप्त हुनेछ। तपाईंको आर्थिक पक्ष मजबूत हुनेछ। आयका स्रोत बढ्नेछन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : तुला राशिका मानिसले यो हप्ता पूर्व समयमा गरेको कार्यको लाभ मिल्नेछ। पैतृक सम्पत्ति मामिलामा निर्णय तपाईंको पक्षमा आउनेछ। सन्तान पक्ष तथा आफन्तबाट कुनै शुभ खबर प्राप्त हुनसक्छ।

अविवाहितहरुको विवाह तय हुनसक्छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नुका साथै सुख-सुविधाहरु पनि बढ्नेछ। प्रेम सम्बन्धमा मजबूती आउनेछ। दाम्पत्य जीवनमा सुमधुरता आउनेछ। आर्थिक लाभ मिल्ने सम्भावना प्रवल रहेको छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : यो साता विभिन्न स्रोतबाट आयको माध्यम बन्नेछ। कार्यक्षेत्रमा सहयोगीको मद्दतले हरेक कार्य सरलताका साथ सम्पन्न हुनेछ। सफलताको लागि परीक्षा र प्रतिस्पर्धाको तयारी गरिरहेका विद्यार्थीहरूले कडा परिश्रम गर्नु पर्नेछ।

रोजगारको खोजीमा रहेका मानिसले यो हप्ता सफलता प्राप्त गर्नेछन्। दाम्पत्य जीवनमा सुमधुरता आउनेछ। वाहन सुख प्राप्त हुनसक्छ। आर्थिक अवस्थामा सुधार आउनेछ।

अर्को समाचार:

क्रिकेटर सन्दीप लामिछाने लेख्छन् – ‘मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन’