सन् २०२३: लाग्दैछ वर्षको पहिलो सूर्य ग्रहण, ३ राशिको भाग्य सूर्य जस्तै चम्किने !

सन् २०२३ को पहिलो सूर्यग्रहण १० अप्रिलमा लाग्ने भएको छ। यो सूर्यग्रहण मेष राशिमा लाग्दैछ। मेष राशिको स्वामी मंगलदेव ग्रह हो। सूर्यग्रहण अप्रिल १० का दिन बिहान ७:०५ बजेदेखि १२:२९ बजेसम्म लाग्नेछ। सुतक अवधिको कुल अवधि ०५ घण्टा २४ मिनेटको हुनेछ। तर, यो ग्रहण नेपालबाट भने देख्न सकिने छैन। साथै सुतक अवधि भारतमा मान्य हुने छैन। सूर्यग्रहण कतिपय राशिका लागि अशुभ साबित हुनेछ भने केही राशिका लागि सूर्यग्रहण भाग्यशाली सावित हुनेछ । जान्नुहोस् सूर्यग्रहणले कुन तीन राशीलाई फाइदा पुर्याउनेछ-

वृष राशि

सूर्यग्रहणको प्रभावले आम्दानीमा वृद्धि हुनेछ। जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने सफलता मिल्नेछ। रोजगारीको खोजीमा रहेका मानिसहरूले शुभ समाचार प्राप्त गर्नेछन्। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। बचतमा सफलता मिल्नेछ । सुख सुविधामा बृद्धि हुनेछ।

मिथुन राशि

सूर्यग्रहणको प्रभावले मिथुन राशिका व्यक्तिहरूलाई धन लाभ हुने गर्दछ। यात्रामा जाने अवसर मिलिरहेको छ। रोकिएको पैसा फिर्ता हुन सक्छ। विवाहितहरूका लागि सन्तान हुने सम्भावना छ। अदालतमा विजय हुनेछ। राजनीतिक लाभ हुनेछ। व्यावसायिक सफलता मिल्नेछ । मान सम्मानमा बृद्धि हुनेछ।

धनु राशि

सूर्यग्रहणको प्रभावले धनु राशिका व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्नेछ। व्यापारीले नाफा कमाउनेछन्। आम्दानीमा बृद्धि हुनुका साथै काम गर्ने व्यक्तिको उन्नति हुनेछ । जतिसुकै काममा हात हाल्दा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। सहकर्मीको सहयोग मिल्नेछ।

अर्को समाचार:

सूर्य देव मित्र ग्रहको राशिमा प्रवेश गर्दै, यी राशिको चम्किन सक्छ भाग्य !