आज पुष ३० गते महिनाको अन्तिम दिन, कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ पौष ३० गते शनिबार हो। ग्रह-नक्षत्रका स्थितिका कारण धेरै राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। शनिबारको दिन माता लक्ष्मीलाई समर्पित हुन्छ। यसैकारण शनिबारको दिन माता लक्ष्मीको विधि-विधानपूर्वक पूजा-अर्चना गरिन्छ। शनिबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –

पौष ३० गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन – शनिबार (Saturday)।।। नक्षत्र – हस्त , १४:१७ बजे उप्रान्त चित्रा ।।। तिथि – सप्तमी , १४:३४ बजे उप्रान्त अष्टमी ।।। करण – वव १४:३४ बजेदेखि वालव , २६:३६ बजे उप्रान्त गर ।।। योग –  अतिगण्ड , ९:२६ बजे उप्रान्त सुकर्मा ।।। पौष  ३०, २०७९, शनिबार ।।। १४ जनवरी, सन् २०२३ ।।। षष्ठी, बैशाख शुक्लपक्ष ।।। पोहेलागा, ११४३ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: ५८ ।।। सूर्यास्त(sunrise) – १७:२८ ।।  शुभ साइत : – कुनै शुभ साइत तथा मुहूर्त छैन-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

काममा पदोन्नतिको सम्भावना छ। बोलीको प्रयोगमा सचेत रहनुहोस्। मनोकामना पूरा होस्। व्यापारमा नयाँ लगानीको अवसर मिल्नेछ, लाभदायक कारोबार हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। आर्थिक रुपमा दिन शुभ रहनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

व्यापार व्यवसायमा प्रगति हुने दिन छ। स्वास्थ्य सम्बन्धि समस्या हट्न सक्छ। बेरोजगारी समस्या हट्ने सम्भावना छ। विशेष साथी वा आफन्तसँग मनमुटाव हुन सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

व्यापारमा केही ठूलो काम हुनसक्छ। विद्यार्थीहरू सफल हुनेछन्। वाणीमा संयम राख्नुहोस् र विवादमा नपर्नुहोस्। मिहिनेतको फल मिल्दैन। तनावमा रहनेछ । दिनभरि व्यापारमा लाभको सम्भावना रहनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कामको लागि आजको समय अनुकुल रहेको छ। उच्च अधिकारीहरूबाट केही सुखद समाचार प्राप्त हुनेछ। नयाँ व्यक्तिहरूसँग सम्बन्ध बन्नेछ जुन भविष्यमा तपाईंको लागि लाभदायक साबित हुन सक्छ। खर्चको मात्रा बढ्नेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

दम्पतीबीच प्रेम बढ्नेछ। सामाजिक जीवनमा जिज्ञासा बढ्नेछ। आफन्तबाट अशुभ समाचार सुन्न पाइनेछ। जीवनसाथीसँग वैचारिक मतभेद हुन सक्छ। कार्यालयमा सहकर्मीको सहयोग मिल्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

केही नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापारमा लाभ मिल्ने छ। तनावपूर्ण वातावरणमा काम गर्नुपर्नेछ। सावधानीपूर्वक सवारी चलाउनुहोस्। जीवन साथीको सहयोग मिल्नेछ। बुवाको स्वास्थ्यमा समस्या आउन सक्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

काममा प्रगति हुने सम्भावना छ। स्वास्थ्यको दृष्टिले आजको दिन राम्रो रहनेछ। कार्यालयका अधिकारीहरूसँग विवाद नगर्नुहोस्। कार्यस्थलमा दबाबका कारण मानसिक रूपमा विचलित रहनेछ। जीवनसाथी र परिवारबाट सहयोग मिल्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

व्यापारमा नयाँ अवसर मिल्नेछ। युवायुवतीको प्रेम जीवनमा खुसी रहनेछन्। अपरिचित व्यक्तिलाई व्यापारमा साझेदार नबनाउनुहोस्।  आर्थिक अवस्था उस्तै रहनेछ। परिवारसँग समय बिताउँदा मानसिक आनन्द मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धेरै दिनदेखि रोकिएका काम पुरा हुनेछन्। नजिकका व्यक्तिसँग वैचारिक मतभेद हुन सक्छ। करियर सम्बन्धी जानकारी उपलब्ध हुनेछ। जीवन साथीबाट शुभ समाचार सुन्न सकिनेछ। जग्गाको कारोबार हुनसक्छ। दाम्पत्य जीवनमा खटपट आउन सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सन्तानको विवाह सम्बन्धी कुनै पनि निर्णय राम्ररी सोचेर लिनुहोस्। कुनै काममा हानि हुनसक्छ। जोखिमपूर्ण कामहरू सावधानीपूर्वक गर्नुहोस्। स्वास्थ्य सम्बन्धि समस्याले चिन्तित रहनु हुनेछ । मनमा निराशा र असन्तुष्टिको भावना रहनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

प्रेममा सफलता मिल्नेछ। काम परिवर्तन हुनेछ। कार्यस्थलमा कसैसँग विवाद हुनसक्छ। आर्थिक अवस्था सामान्य रहनेछ। परिवार र जीवनसाथीसँग समय बित्नेछ, जसले मानसिक आनन्द दिनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

काममा नयाँ पद प्राप्त हुन सक्छ। सवारी साधन सावधानीपूर्वक चलाउनुहोस्, दुर्घटनाको खतरा छ। प्रेम जीवन राम्रो हुनेछ। जीवनसाथीको साथमा समय बित्नेछ। परिवार र साथीभाइबाट सहयोग मिल्नेछ। घरायसी काममा सक्रिय सहभागिता रहनेछ ।

अर्को समाचार:

माघे संक्रान्तिको दुई दिनपछि यी ३ राशिको जीवनमा ठूलो हलचल मच्चाउँदै शनि देव, कुन-कुन राशि?