माघ १ गते माघे संक्रान्तिको दिन ५ राशिको भाग्योदय हुँदै, हेर्नुहोस् राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

 तपाईको दिन मिश्र फलदायी रहला। आफ्नो बोली र व्यवहारमा ध्यान राख्नुहोला। रहस्यमयी कुरामा रुचि रहनेछ तथा गुढ विद्याको तर्फ आकर्षण अधिक रहनेछ। कुनै पनि नयाँ कार्य प्रारम्भ नगर्नुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

तपाईको दिन शुभफलदायी रहला। तपाई शारीरिक रूपले स्वस्थ रहनुहुन्छ । मानसिक प्रसन्नता अनुभव होला। परिवार तथा निकट व्यक्तिसँग अधिक समय बिताउनु हुन्छ। सामाजिक जीवनमा सफलता र प्रसिद्दि प्राप्त गर्नुहुन्छ। आकस्मिक धन लाभ होला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईको दिन राम्रोसँग बित्नेछ। घरमा शान्ति र आनन्दको वातावरण रहनेछ। सुखमय प्रसंग बन्नेछ। आर्थिक लाभ होला। स्त्री मित्रसँग भेट हुनेछ। रिस अधिक मात्रामा रहनेछ। प्रतिस्पर्धीले विजय प्राप्त गर्नेछन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईले सावधान रहनुपर्ने हुन्छ। शारीरिक एवम् मानसिक स्वास्थ्य बिग्रन सक्ला। कुनै नयाँ कार्यको प्रारम्भको लागि दिन उचित छैन। आकस्मिक खर्च हुन् सक्ला। अधिक कामुकताले मानभंग नहोस् यस कुराको ध्यान राख्नुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको दिन शुभफलदायी छैन। घरमा वाद-विवादको वातावरण रहनेछ। तपाई शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुन्छ। नकरात्मक विचारले समस्या उत्पन्न होला। तपाई केहि अधिक संवेदनशील अनुभव गर्नुहुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कुनै कार्य सोचविचार नगरी भाग नलिनुहोला। साथीसँग राम्रोसँग समय बिताउनुहुन्छ। भावनात्मक सम्बन्धबाट टाढा रहनुहोला। मित्र एवम आफन्तसँग भेट हुनेछ। भाई-बहिनीबाट लाभ होला। गुढ तथा रहस्यमय आध्यात्मिक कुरामा सिद्दि मिल्नेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको मन दुविधामा अल्झिनेछ। निर्णय लिन नपाएको कारण परिणाम स्वरूप नयाँ कार्य प्रारम्भ गर्न हितकार छैन। आर्थिक लाभ होला। परिवारसँग वाद-विवादमा नउत्रिनुहोला। कुनै पनि महत्त्वपूर्ण विषयमा निर्णय नलिनुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको दिन साधारण रुपमा बित्नेछ। तन र मनको प्रसन्नता रहनेछ तथा सुख एवम् आनन्द प्राप्त होला। परिवारसँग आनन्द-उल्लासमा समय बिताउनुहुन्छ। प्रियजनसँग भेट हुँदा शुभ प्राप्त हुनेछ। उत्तम वैवाहिक सुख अनुभूति होला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

तपाईको दिन केहि कष्टदायक हुनाले सम्हालेर रहनुहोला। परिवारसँग मनमुटावको प्रसंग उपस्थित होला। स्वास्थ्य बिग्रन सक्छ। अधिक पैसा खर्च होला। अनावश्यक खर्च नगर्नुहोला। कसैसँग सकेसम्म झगडा नगर्नुहोला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

सामाजिक कार्यबाट लाभ मिल्नेछ। मित्र तथा आफन्तसँग भेट लाभदायी रहला। विवाह गर्न उत्सुक व्यक्तिको बिहे हुने योग छ। शुभ प्रसंगको आयोजन हुनेछ। स्त्री वा पुत्रको सहयोग प्राप्त हुनेछ। श्रीमतीको स्वास्थ्यको विषयमा केहि चिन्ता रहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

तपाईको दिन सनुकुल रहेको छ। तपाईको हरेक कार्य सफलतापुर्वक सम्पन्न हुनेछ। अफिस एवम् व्यवसायिक स्थलमा अनुकुल परिस्थितिको वातावरण रहनेछ। मान-सम्मान वृद्दि हुनेछ। घरायसी जीवन आनन्ददायी रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मनमा व्याकुलता एवम् अशान्ति अनुभव हुनेछ। शारीरिक रुपले थकान अनुभव होला। सन्तानको विषयमा चिन्ता रहनेछ। मनमा उठ्ने नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला। पेट सम्बन्धित समस्या हुने योग छ।
अर्को समाचार:

आज पुष ३० गते महिनाको अन्तिम दिन, कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !