नयाँ वर्ष सन् २०२३ मा कस्तो रहला सिंह राशिलाई, हेर्नुहोस् सिंह राशिको वार्षिक फल !

काठमाडौँ : नयाँ वर्ष सन् २०२३ सुरु हुन् लागेको छ र सिंह राशिका लागि यो वर्ष निकै खास रहनेछ। ज्योतिषीहरुको भनाई अनुसार सन् २०२३ साल सिंह राशिका मानिसहरुका लागि करियर, स्वास्थ्य, सम्बन्ध र आर्थिक पक्षको हिसाबले निकै शुभ फलदायी रहनेछ। सन् २०२३ मा तुला राशिका व्यक्तिहरूले आर्थिक लाभ मात्रै नभई करियरमा धेरै राम्रा अवसरहरू पनि प्राप्त गर्नेछन्। यद्यपि यो वर्ष तपाईका लागि स्वास्थ्यको दृष्टिले अलि अप्ठ्यारो हुन सक्छ, त्यसैले यसमा लापरवाही गर्ने गल्ती नगर्नुहोस्। सिंह राशि हुनेहरुका लागि २०२३ कस्तो रहनेछ, थाहा पाउनुहोस्।

आर्थिक

आर्थिक पक्षमा वर्षको सुरुवात तपाईका लागि निकै राम्रो रहनेछ। सूर्यदेवको कृपाले मनग्य धन लाभ हुनेछ। सप्तम भावमा शनिको गोचरका कारण व्यापारबाट राम्रो लाभ मिल्नेछ। सबैभन्दा राम्रो समय अप्रिल देखि जून सम्म हुनेछ। यस समयावधिमा तपाईले सरकारी क्षेत्रबाट प्रशस्त लाभ प्राप्त गर्न सक्नुहुनेछ र आफ्नो कार्यक्षेत्रमा पनि धन लाभको प्रबल योग बन्नेछ। अक्टोबरमा राहुले अष्टम भावमा गोचर गर्ने हुँदा धन हानिको स्थिति आउन सक्छ।

करियर

सिंह राशिका व्यक्तिहरूले वर्षको सुरुमा आफ्नो करियरमा राम्रो उचाइ हासिल गर्ने मौका पाउनेछन्। तपाईको कार्यक्षेत्रमा वृद्धि हुन सक्छ र तपाईको पदोन्नतिको अवसर पनि बन्न सक्छ। २२ अप्रिलपछि बृहस्पतिको गोचरका कारण रोजगारीमा सरुवा हुने सम्भावना छ। केही नयाँ र राम्रा कामका अवसरहरू पनि तपाईंको बाटोमा आउन सक्छन्।

शिक्षा

नयाँ वर्ष शैक्षिक दृष्टिकोणले राम्रो रहनेछ। नयाँ वर्षमा तपाईको बुद्धिको विकास हुनेछ। जे अध्ययन गर्नुहुन्छ ती सबै सहजै स्मरण हुनेछन्। पञ्चम भावमा बृहस्पतिको गोचरले शैक्षिक क्षेत्रमा राम्रो नतिजा आउने सम्भावना छ। विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीले सुवर्ण अवसर प्राप्त गर्नेछन्।

स्वास्थ्य

स्वास्थ्यको दृष्टिकोणले २०२३ को शुरुवात तपाईका लागि अलि अप्ठ्यारो हुनसक्छ। आफ्नो स्वास्थ्यप्रति पटक्कै लापरवाही नगर्नुहोस्। यस अवधिमा तपाई मानसिक तनाव वा डिप्रेसनको समस्याले घेरिन सक्नुहुन्छ। २२ अप्रिलपछि नवम भावमा बृहस्पतिको गोचरपछि तपाईको स्वास्थ्यमा केही सुधारको योग बन्न सक्छ। यसपछि तपाईको परिवारमा भइरहेका स्वास्थ्य सम्बन्धी समस्याहरु आफैं हट्न थाल्छन्।

सम्बन्ध

सम्बन्धको हिसाबले सिंह राशिका लागि २०२३ साल निकै राम्रो देखिन्छ। पार्टनरको बुद्धिमताबाट धेरै खुसी हुनुहुनेछ। विशेष गरी अप्रिल पछि तपाईले राम्रो परिणाम प्राप्त गर्नुहुनेछ। प्रेम सम्बन्धमा रहेको तिक्तता र नीरसता हट्नेछ। ३० अक्टोबरपछि जब मीन राशिमा राहुको गोचर हुनेछ, त्यसपछि बृहस्पतिको दृष्टिले तपाईको विवाहको योग बन्न सक्छ।

अर्को समाचार:

तुला, वृश्चिक, धनु राशिलाई कस्तो हुनेछ सन् २०२३, यी राशिले व्यवसायमा गर्नेछन् खुब प्रगति !