साताको शुभ राशि: यस साता यी ६ राशिलाई अत्यन्तै शुभ हुँदै, हुनेछ शुभै-शुभ !

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ ?

साताको राशिफल : – पुस २ देखि ८ गतेसम्म

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

साताको सुरुमा खर्चको मात्रा बढे पनि आइतबारदेखि मात्रै सुधार आउला । नेतृत्व शक्ति कमजोर भएको छ । त्यसैले जुनसुकै काममा पनि आफू अग्रसर नहुनुहोस् । नोकरीबाट सन्तोष होलाजस्तो छैन । व्यापार, व्यवसायले भने केही न केही दिई नै रहनेछ । पारिवारिक सुख साह्रै सीमित देखा पर्छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

यो साता खर्च घटाउन सकिने छैन तर आम्दानीको स्रोत पनि बलियो नै हुनाले ठूलो समस्या ́ेल्नुपर्ने देखिन्न । सूर्यको नित्य दर्शन गरेमा सानातिना समस्या पनि हट्न सक्छन् । परिश्रम बढी पर्ने र त्यसबाट मनग्गे आम्दानीसमेत हुने समय छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

राम्रै रूपमा सातालाई लिन सकिन्छ । सुरुका दिनमा भोजभतेर पर्नुका साथै मन मिलेका साथीसँग भेटसमेत होला । खर्च भने त्यति घट्ने छैन । शिक्षाको क्षेत्रमा लगाएको श्रम खेर जाने देखिन्न । व्यवसायको क्षेत्रमा आर्जन पनि राम्रैसँग होला ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

शनिबार र आइतबार बढी खर्च हुनेछ । त्यसपछि यस साता ठोस काम नभए पनि मनोरञ्जन भने निकै नै गरिएला । मङ्गलबार सानोतिनो चोटपटक पनि लाग्न सक्छ । त्यसैले बिहानै गणेशको दर्शन गर्नुहोस् । बेलुकीदेखि काम गर्ने हौसला बढ्नुका साथै आर्जन पनि राम्रो होला

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

साताका सुरुका दुई दिन मनमा डर बढी लाग्ला । सोमबारदेखि भने काम गर्ने उत्साह बढ्नुका साथै गरेका काम बन्ने पनि छन् । यद्यपि खर्च भने सोचेभन्दा बढी होला । स्वास्थ्यको स्थिति मध्यम छ । गोडामा चोट लाग्न पनि सक्छ । शनिबारको दिन विशेष सतर्क भएर हिँड्नुहोस् ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

साताको पूर्वाद्र्ध त्यति राम्रो छैन । गरेका काममा विघ्नबाधा पर्नुका साथै मनमा चिन्ता परिरहनेछ । व्यापार, व्यवसायको क्षेत्रमा भएको आर्जनले मात्र व्यवहार धान्न सकिएला । सहयोग दिने मित्र निकै पाउनुहुनेछ । यद्यपि रिस गर्नेहरूको सङ्ख्या पनि कम छैन ।

अर्को समाचार:

नयाँ वर्ष सन् २०२३ मा कस्तो रहला सिंह राशिलाई, हेर्नुहोस् सिंह राशिको वार्षिक फल !