सन् २०२३ का यी ५ भाग्यमानी राशिहरु, सुरु हुनेछ शुभ दिनहरु !

ज्योतिषशास्त्रमा सूर्य, बुध र बृहस्पति ग्रहका रोजगारी र व्यापारको कारक ग्रह मानिन्छ। यी तीन ग्रहको विशेष स्थितिले कार्यस्थलमा पदोन्नति, सरकारी जागिर र व्यापारमा उन्नतिको सम्भावना बनाउँछ। सन् २०२३ मा सूर्य, बुध र देव गुरु बृहस्पतिको विशेष स्थितिले पाँच राशिका व्यक्तिहरूलाई नोकरी-व्यवसायमा सफलता दिने भएको छ। जान्नुहोस् कुन-कुन राशि?

मेष राशि

मेष राशिका व्यक्तिहरूका लागि सन् २०२३ कामको हिसाबले राम्रो रहनेछ। सन् २०२३ को २२ अप्रिल पछि, यो राशिका मानिसहरुको भाग्य अचानक परिवर्तन हुनेछ। भाग्यको पूर्ण सहयोग मिल्नेछ । शिक्षा, करियर, जागिर र व्यापारमा धेरै राम्रो नतिजा हात लाग्ने छ । यस समयमा कुनै राम्रो कामको अवसर पनि उपलब्ध हुन सक्छ।

सिंह राशि

सिंह राशि हुनेहरुका लागि नयाँ वर्ष निकै शुभ रहनेछ । करियरमा केही समय देखि चलिरहेको समस्या २०२३ मा अन्त्य हुन सक्छ। करियरमा ठूलो सफलता मिल्ने सम्भावना छ। सरकारी जागिरको तयारीमा लागेकाहरुको सपना पूरा हुन सक्छ । जागिरमा पदोन्नति र वृद्धिको पनि प्रबल सम्भावना छ।

तुला राशि

सन् २०२३ मा तुला राशिका व्यक्तिहरुको मेहनतको पूर्ण फल मिल्ने छ । सरकारी जागिरको लागि तयारी गरिरहेका व्यक्तिहरूले राम्रो समाचार पाउन सक्छन्। वैदेशिक रोजगारीको सपना देख्नेहरुको भाग्य पनि चम्कन सक्छ । यो वर्ष पैसाको कमी हुनेछैन। करियरमा विभिन्न प्रकारको प्रगति हुने सम्भावना छ ।

धनु राशि

नयाँ वर्षमा शनिको साढे सात वर्ष धनु राशिसँग पुरा हुनेछ । यसपछि नौकरी र व्यापारमा अप्रत्याशित लाभ प्राप्त गर्न सक्नुहुनेछ। वैदेशिक यात्रा वा जागिरको सपना देख्नेहरूको सपना पुरा हुनेछन्। तलब वृद्धि र पदोन्नतिको योग पनि। यो वर्ष एकभन्दा बढी आम्दानीका स्रोतबाट धन आर्जन गर्न सकिनेछ। वरिष्ठ अधिकारीहरुको पनि पूर्ण सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि

कुम्भ राशिका  व्याक्तिको लागि सन् २०२३ धेरै शुभ रहनेछ। वार्षिक राशिफल अनुसार सय राशिको एघारौं घरमा बुध र सूर्यको गोचर भइरहेको छ । कुण्डलीको ११ औं घरलाई आम्दानीको स्थान मानिन्छ। यसको मतलब २०२३ मा आम्दानी बढ्न सक्छ। यस राशिका व्यावसायीहरुले पनि दिनरात दोब्बर प्रगति गर्न सक्छन् ।

अर्को समाचार:

धनु राशिमा सूर्य देव प्रवेश गर्दै, यी राशिलाई हुनसक्छ हानी !