लक्ष्मी पूजाको दिन वास्तु अनुसार दियो बाल्नुहोस्, माता लक्ष्मीको कृपा वर्षभर हुनेछ !

यस पटक तिहारको मुख्य दिन लक्ष्मी पूजा कार्तिक ७ गते पर्ने भएको छ। लक्ष्मी पूजा उज्यालोको पर्व हो । वास्तुशास्त्रका अनुसार लक्ष्मी पूजाको दिन दीप प्रज्वलन गर्नाले घरमा सुख-समृद्धि आउने मान्यता रहेको छ। यसका साथै लक्ष्मीको कृपा वर्षभर रहन्छ भन्ने विश्वास पनि छ । जान्नुहोस् वास्तुशास्त्र अनुसार तिहारमा कहाँ र कसरी बाल्ने ? जान्नुहोस्….

ज्योतिषशास्त्र अनुसार लक्ष्मी पूजाको दिन तुलसीको बोटको नजिक दीप प्रज्वलन गर्नुपर्छ । यसो गर्नाले नकारात्मक ऊर्जा हटेर घरमा सुख शान्ति कायम रहन्छ ।

लक्ष्मी पूजाको दिन तोरीको तेलको दियो जलाउनु पनि शुभ मानिन्छ। तेलले घरको ऊर्जा निर्धारण गर्छ। त्यस्तै दियोको बत्तीलाई आत्माको प्रतीक मानिन्छ। वास्तुशास्त्रका अनुसार जुन थालीमा दियो बालिन्छ त्यसमा सुन वा चाँदीका गहना राख्नुपर्छ। यसबाट माता लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ ।

घर नजिकै मन्दिर छ भने सबैभन्दा पहिले त्यहाँ गएर दियो बाल्नुहोस् । त्यसपछि पूजास्थल र घरका अन्य स्थानमा दीप प्रज्वलन गर्नुपर्छ।

लक्ष्मी पूजाको दिन सबैभन्दा पहिले घरको अगाडि मन्दिरमा दीप प्रज्वलन गर्नुपर्छ। यदि पूजा उत्तर-पूर्व दिशामा छ भने त्यहाँ दियो बाल्दा शुभ फल मिल्छ। दक्षिण तर्फ फर्केर बत्ती बाल्नु हुदैन । यसो गर्नु अशुभ मानिन्छ । दियो पूर्व दिशामा बाल्नु शुभ मानिन्छ । यसो गर्नु निकै शुभ हुन्छ । वास्तुशास्त्र अनुसार पश्चिम दिशामा दियो बाल्नु पनि शुभ मानिन्छ। जसको कारण समस्याबाट मुक्ति मिल्ने विश्वास छ ।

अर्को समाचार:

पुष्य नक्षत्रमा बन्दै शुभ संयोग, समान खरिद गर्नको लागि उत्तम दिन हुने !