पुष्य नक्षत्रमा बन्दै शुभ संयोग, समान खरिद गर्नको लागि उत्तम दिन हुने !

धनतेरस लक्ष्मी पूजा अघि कार्तिक ६ गते आइतबार परेको छ । धनतेरसको लागि आज  किनमेलको विशेष संयोग बनेको छ।कार्तिक महिनाको कृष्ण पक्षको अष्टमीका दिन मंगलबार दिन पुष्य नक्षत्रको शुभ संयोग रहेको छ । पौराणिक ग्रन्थहरूमा पुष्य नक्षत्रलाई धेरै शुभ मानिएको छ, साथै यसलाई सबै नक्षत्रहरूको अधिपति पनि भनिएको छ।

पुष्य नक्षत्र शुभ कार्यका लागि सबैभन्दा शुभ मानिन्छ। यस नक्षत्रको समयमा शुभ कार्य गर्नको लागि यस नक्षत्रमा पञ्चाङ्ग हेर्न आवश्यक नहुने जनविश्वास रहेको छ । त्यसैले मानिसहरु शुभ कार्यका लागि पुष्य नक्षत्रको पर्खाइमा हुन्छ । यस्तो अवस्थामा कार्तिक १ गते मंगलबारका दिन सिद्धयोग पनि एकदमै शुभ संयोग बनेको छ ।

पौराणिक ग्रन्थहरूमा पुष्य नक्षत्रलाई पालनकर्ता र शक्ति दाता मानिएको छ। पुष्यलाई ऋग्वेदमा तिष्य भनिन्छ अर्थात् शुभ वा मांगलिक नक्षत्र भनिन्छ । वैदिक ज्योतिषका अनुसार गाईको थुनलाई पुष्य नक्षत्रको प्रतीक मानिन्छ र यो प्रतीकले पुष्य नक्षत्रको प्रकृतिबारे पनि धेरै कुरा बताउँछ।

शनि पुष्य नक्षत्रको स्वामी हो भने बृहस्पति अधिष्ठात्री देवता हो। र यो कर्कट राशिसँग सम्बन्धित छ। त्यस्तै कार्तिक १ मंगलबार, चन्द्रमा कर्कट राशिमा प्रवेश गर्दैछ। पुष्यलाई केही वैदिक ज्योतिषीहरूले तिष्य नक्षत्र पनि भनिन्छ। तिष्य शब्दको अर्थ शुभ हो र यस अर्थले पुष्य नक्षत्रलाई पनि शुभ प्रदान गर्दछ। पुष्यलाई नक्षत्रको राजा पनि भनिन्छ। पुष्य नक्षत्रको साक्षीले गरेको काम सदैव सफल हुने जनविश्वास रहेको छ ।

अर्को समाचार:

धनतेरसको दिन आखिर किन किनिन्छ यस्ता चिज, जान्नुहोस् धार्मिक मान्यता !