पर्सीबाट सुरु हुनेछ यी ३ राशिका शुभ दिन, अश्लेषा नक्षत्रमा सूर्य गोचरले अन्त्य हुनेछ खराब दिन

काठमाडौँ : – वैदिक ग्रहहरुको सबैभन्दा महत्वपूर्ण ग्रह सूर्यको राशि परिवर्तनले मात्र हैन नक्षत्र परिवर्तनले पनि देश – दुनिया, मौसमसहित सबै राशिहरुमा व्यापक असर पार्छ। साउन १८ गते शुक्रबार राति १० बजेर ३७ मिनेटमा ग्रहको राजा सूर्य पुष्य नक्षत्रबाट निक्लिएर अश्लेषा नक्षत्रमा प्रवेश गर्नेछन्।

अश्लेषा नक्षत्रको नवौं नक्षत्र हो, जुन कर्कट राशिमा आउँछ र यसको स्वामी बुध ग्रह हो। वैदिक ज्योतिष शास्त्रमा सूर्यलाई आत्मा, आरोग्यता, मस्तिष्क, नेतृत्व, अनुशासन, पिता, शरीर, सरकार, हृदय, दाहिने नेत्र, राजनीति र राजसत्ता आदिको कारक ग्रह मानिन्छ। यस नक्षत्र परिवर्तनले सबै यी सबै पक्षहरूमा विशेष प्रभाव पार्छ।

अश्लेषा नक्षत्रमा सूर्यको गोचरले राशिहरुमा कस्तो प्रभाव पार्ला ?

अश्लेषा नक्षत्र एक शक्तिशाली नक्षत्र हो। यस नक्षत्रमा सूर्यको गोचरले व्यक्तिलाई ऊर्जावान बनाउँछ। यो गोचरले व्यक्तिलाई नयाँ लक्ष्यहरू निर्धारण गर्न र तिनीहरूलाई प्राप्त गर्न प्रेरित गर्दछ। अश्लेषा नक्षत्रमा सूर्य गोचरले कुन ३ राशिलाई धेरै फाइदा हुने सम्भावना छ ?

मेष राशि : –

यो समय तपाईका लागि अनुकूल छ। यस अवधिमा, विद्यार्थीहरूले आफ्नो करियरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने नयाँ अवसरहरू प्राप्त गर्न सक्छन्। तपाईको आत्मविश्वास बढ्नेछ। तपाई आफ्नो लक्ष्यहरू प्राप्त गर्न थप दृढ हुनुहुनेछ। काम गर्ने व्यक्तिहरू आफ्ना सहकर्मीहरूमाझ लोकप्रिय हुनेछन्। व्यापारमा वृद्धि हुने सम्भावना छ । आर्थिक लाभको सम्भावना छ । व्यापारिक यात्रा सफल हुन् सक्छ। राजनीतिमा संलग्न व्यक्तिको सामाजिक प्रतिष्ठा बढ्नेछ।

कर्कट राशि : – 

तपाईको वैचारिक दुविधाको अन्त्य हुनेछ। मानसिक शान्ति मिल्नेछ। तनावबाट मुक्त हुनुहुनेछ। विद्यार्थीको रचनात्मकता बढ्नेछ। तपाईको प्रतिभाको कदर हुनेछ । कला वा साहित्यको क्षेत्रमा लोकप्रियता बढ्नेछ। जागिरे व्यक्तिहरूको नेतृत्व क्षमता बढ्नेछ र तपाई आफ्ना सहकर्मीहरूलाई प्रेरित गर्न सक्षम हुनुहुनेछ। साझेदारी व्यवसायमा लाभ हुनेछ। व्यापार व्यवसायमा विस्तार हुने सम्भावना छ । परिवारका सदस्यहरूसँगको सम्बन्ध सुमधुर रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

धनु राशि : – 

व्यापारिक सीप र बुद्धिको प्रयोग गरेर राम्रो आर्थिक लाभ उठाउन सकिनेछ। व्यापारिक यात्राको सम्भावना छ, जुन लाभदायक साबित हुन सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आध्यात्मिक उन्नतिको दिशामा अघि बढ्नेछ। साथीभाइसँगको सम्बन्ध प्रगाढ हुनेछ । उनीहरुको पूर्ण सहयोग प्राप्त हुनेछ । रोकिएका र अट्किएका काम सम्पन्न हुनेछन् । विद्यार्थीहरू नयाँ विचार र प्रयोगहरूको लागि उत्सुक हुनेछन् र सफलता पनि प्राप्त गर्न सक्छन्। मानसिक शान्ति र स्थिरता रहनेछ।

अर्को समाचार:

यी ३ राशिलाई लोभलाग्दो जागिरसँगै मिल्नेछ अपार धन लाभ, बृहस्पतिको कृपाले हुनेछ महाकल्याण