क्यामेरा अगाडी ना..*ङ्गिएपछि चम्कियो भाग्य, नामसँगै भरपूर कमाईन् दाम पनि

एजेन्सी : फिल्मी दुनियाँमा कसको भाग्य कतिबेला चम्किन्छ त्यो कसैले देखेका हुँदैनन्। सन् २०२३ मा एक बलिउड फिल्मले सिनेमाघरमा यस्तो हलचल मच्चाएको थियो, जसका कारण फ्लप अभिनेत्रीको पूरा जीवन नै बदलियो। यति मात्र होइन, उनी घरेलु बक्स अफिसमा ५०० करोड भारुको ए रेटेड फिल्म दिने पहिलो अभिनेत्री पनि बनिन्। हामीले चर्चा गरिरहेको सुन्दरीको नाम हो तृप्ति डिम्री।

गत वर्ष रिलिज भएको रणवीर कपुर, रश्मिका मन्डन्ना र बबी देओलको फिल्म ‘एनिमल’ ले बक्स अफिसमा इतिहास रचेको थियो। यो फिल्मको सफलताले तृप्ति डिम्रीको भाग्य चम्कायो। ‘एनिमल’ ले उनको फिल्मी करियरलाई उकास्ने काम गर्यो।

तृप्तिले ‘एनिमल’ अघि धेरै फिल्ममा अभिनय गरिसकेको भए पनि उनले यस फिल्मबाट जुन लोकप्रियता हासिल गरिन्, त्यसको प्रतीक्षा वर्षौँदेखि गर्दै आएकी थिईन्। तृप्तिको जन्म भारतको उत्तराखण्डस्थित गढवालमा भएको थियो। अभिनयमा रुचिका कारण उनले फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (पुणे)बाट अभिनयको कोर्स गरेकी थिईन्।

त्यसपछि तृप्तिले फिल्ममा काम खोज्न थालिन् । उनले पहिलो फिल्ममा काम गर्ने अवसर सन् २०१७ मा पाईन्, जसको नाम ‘पोस्टर ब्वाईज’ हो। यस फिल्ममा तृप्तिले सन्नी देओल र बबी देओलसँग काम गरेकी थिइन् । तर, फिल्मले बक्स अफिसमा कमाईको हिसाबले खासै राम्रो प्रदर्शन गर्न सकेन।

त्यसपछि तृप्तिले ‘लैला मजनु’, ‘मम’, ‘बुलबुल’ र ‘काला’ जस्ता फिल्महरूमा आफ्नो अभिनय कौशलता देखाईन् तर नतिजा खासै राम्रो आएन। सन् २०२३ मा रिलिज भएको ‘एनिमल’ मा तृप्तिले निकै सानो भूमिका निभाएकी थिइन् तर रिलिजपछि उनको लोकप्रियता अचानक बढ्यो।

‘एनिमल’ रिलिजपछि तृप्ति स्टार मात्र होइन इतिहास पनि रचिन् । उनी ५०० करोडभन्दा बढी कमाउने ए रेटेड फिल्म दिने पहिलो भारतीय अभिनेत्री बनिन्। यही चलचित्रका कारण उनले नेशनल क्रसको ट्याग पनि पाईन् ।

सन्दीप रेड्डी वांगाद्वारा निर्देशित ‘एनिमल’ १०० करोड भारुको बजेटमा बनेको थियो तर रिलिजपछि फिल्मले विश्वभर ९१७.८२ करोड भारुको व्यापार गरेको थियो । यो फिल्म वर्ष २०२३ को तेस्रो सबैभन्दा धेरै कमाउने फिल्म साबित भएको थियो।

अर्को समाचार:

रित्तो गोजी बोकेर भारत आएकी कट्रिनाले कसरी कमाईन् अरबौँ सम्पत्ति ?