रित्तो गोजी बोकेर भारत आएकी कट्रिनाले कसरी कमाईन् अरबौँ सम्पत्ति ?

एजेन्सी : हङकङमा सन् १९८३ मा जन्मिएकी कट्रिना कैफले गत जुलाई १६ मा आफ्नो ३८ औँ जन्मदिन मनाइन्। कट्रिना कैफले सन् २००३ मा रिलिज भएको फिल्म ‘बुम’ बाट आफ्नो करियरको सुरुवात गरेकी थिईन्। विदेशबाट भारतमा आएकी अभिनेत्री कट्रिनालाई सुरुवातमा राम्ररी हिन्दी बोल्नसमेत आउँदैनथ्यो। तर आफ्नो मेहनत र लगनको बलमा अहिले उनी बलिउडको टप अभिनेत्रीहरुका सूचीमा पर्छिन्।

कट्रिनाले आफ्नो फिल्मी करियरमा एक से एक हिट फिल्महरु दिएकी छिन्। उनले नामसँगै प्रशस्त दाम पनि कमाएकी छिन्। आज उनको जन्मदिनको अवसरमा हामी तपाईलाई बताउँछौँ उनीसँग कति सम्पत्ति छ र कसरी त्यति सम्पत्ति आर्जन गरिन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कट्रिना कैफको कुल सम्पत्ति २ बिलियन भारु छ। अभिनयबाहेक कट्रिनाले ब्राण्ड इन्डोर्समेन्ट, स्टेज शो र मेकअप ब्राण्डबाट पनि मनग्यै आम्दानी गर्छिन्।

भारतीय मिडिया रिपोर्ट्स अनुसार कट्रिनाले एउटा फिल्मबापत १० करोड भारुसम्म पारिश्रमिक लिन्छिन्। यसबाहेक कट्रिनाले स्लाइस, लक्स, ओप्पो, ल्याक्मे जस्ता थुप्रै ब्रान्ड्सको इन्डोर्स गर्छिन्। कट्रिना रिबोक ब्राण्डसँग पनि आबद्द छिन्।

अहिले कट्रिना सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीहरुका सूचीमा पर्छिन्। उनले अहिलेसम्म ४० भन्दा बढी फिल्महरुमा काम गरिसकिन्। उनले ‘के बाई कट्रिना(Kay By Katrina)’ नामबाट आफ्नो मेकअप ब्राण्ड सुरु गरेकी थिईन्, जसबाट उनले राम्रो मुनाफा पाउँछिन्। फोर्ब्स इन्डियाको  अनुसार उनी २४ मिलियन डलर सम्पत्तिको पनि मालिक्नी हुन्।

अर्को समाचार:

उमेरले ५० वर्ष टेक्दा पनि बुढ्यौलीले फिटिक्कै छोएन अभिनेत्री करिश्मा मानन्धरलाई, हेर्नुस् उनका सदाबहार सुन्दरताका तस्बिरहरु