मायामा कहिले पनि धोका दिँदैनन् यी ५ राशिले, सधैँ गर्छन साँचो प्रेम

भन्ने गरिन्छ प्रेम एक सुन्दर अन्तर मनको भावना हो। तर भाग्यशालीको मानिसको प्रेम मात्र पूर्ण हुन्छ। किनभने धेरै व्यक्तिले प्रेममा धोका पाउँछन्। ज्योतिष शास्त्रका अनुसार यी पाँच राशि भएका व्यक्तिहरू साँचो प्रेम गर्छन्, सधैँ आफ्नो प्रेमीप्रति वफादार रहन्छन्। यी ५ राशिहरु यस प्रकार रहेका छन् ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मेष राशि मानिसहरू आफ्नो प्रेमको लागि जे पनि गर्न तयार हुन्छन्। यी मानिस चाहन्छन् कि आफूले प्रेम गरेको व्यक्ति सँधै खुशी रहोस्, यसको लागि आफूले चाहे जे पनि गर्न परोस्। मेष राशिका मानिसको लागि उनीहरुको प्रेम नै सबै थोक हुन्छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कर्कट राशिका मानिसको बारेमा यो भन्न सकिन्छ कि यी व्यक्तिहरू प्रेमको मामलामा दिमागको सट्टा मनबाट सोच्छन्। यस राशिका मानिसले अन्धो प्रेम गर्छन् भन्दा फरक पर्दैन। जब यस्ता व्यक्तिहरू प्रेममा हुन्छन्, तिनीहरूले आफ्नो प्रेम बाहेक अरू केही देख्दैनन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तुला राशिका मानिस धेरै गम्भीर किसिमका प्रेमी हुन्छन्। एकपटक तिनीहरूले कसैलाई माया गरेपछि जीवनभर साथ छोड्दैनन्। त्यसैले यदि कोहि जीवनभरको साथ चाहान्छ भने तुला राशिका मानिस सबैभन्दा भरपर्दा हुन्छन्। यी मानिस आफ्नो सम्बन्ध सफल बनाउनको लागि जे पनि गर्न तयार हुन्छन्।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):

मानिसहरूलाई लाग्छ कि यो राशिका मानिस धेरै रिसाउँछन् तर प्रेमको मामलामा तिनीहरू धेरै गम्भीर हुन्छन्। यी मानिस कसैलाई प्रेम गर्न वा विश्वास गर्न अलि समय लिन्छन् तर एकपटक प्रेम गरेपछि जीवनभर साथ दिन्छन्। यस राशिका मानिसको लागि विश्वास र समर्पण प्रेममा सबैभन्दा महत्त्वपूर्ण हुन्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मीन राशीका मानिसहरु प्रेमको कुरामा मनबाट निर्णय गर्छन्। यो राशिका व्यक्तिको छुट्टै प्रेमको संसार हुन्छ जसमा सिद्ध प्रेम हुन्छ। यस्ता व्यक्ति प्रेममा वफादार हुनुका साथै समर्पण पनि राख्छन्।

अर्को समाचार:

घुसघुसे स्वभावका हुन्छन् यी ४ राशिका मानिस, मनको कुरा राख्छन् आफ्नै मनमा