एक-दुई हैनन्..४ ग्रहले गर्दैछन् राशि परिवर्तन : कैयन् राजयोग बन्दा यी ३ राशिको चम्किनेछ भाग्य

काठमाडौँ : – फेब्रुअरी महिना समाप्तिको सङ्घारमा छ र अब केही दिनमै मार्च महिनाको आगमन हुँदैछ। मार्च महिनालाई  धार्मिक र ज्योतिषीय दृष्टिकोणले निकै महत्वपूर्ण महिना मानिन्छ। मार्च महिनामा महाशिवरात्रि, होली लगायतका ठूला चाडपर्वहरु पर्ने गर्छन्। ज्योतिष शास्त्रका अनुसार मार्च महिना निकै विशेष रहनेछ, किनकी यस महिना धेरै ठूला ग्रहहरुले आफ्नो राशि परिवर्तन गर्दैछन्।

राशि परिवर्तनसँगै धेरै वर्षपछि धेरै ग्रहको संयोग पनि बन्न लागेका छन्। यसले धेरै राशिहरूमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। ज्योतिषाचार्यका अनुसार महिनामा कुन कुन प्रमुख ग्रहले आफ्नो राशि परिवर्तन गर्न लागेका छन् र कुन राशिमा यसबाट सकारात्मक प्रभाव पर्ने छ ?

प्रसिद्ध ज्योतिषाचार्यका अनुसार मार्च महिना ज्योतिषीय दृष्टिकोणमा खास रहनेछ किनकी यस महिनामा ग्रहहरुको महापरिवर्तन हुँदैछ। मार्च महिनामा बुध, शुक्र, सूर्य र मङ्गलले आ-आफ्नो राशि परिवर्तन गर्दैछन्। महिनाको शुरुवातमा ग्रहहरूको राजकुमार बुध मीन राशिमा गोचर हुँदैछ। मार्च ७ मा शुक्रले पनि आफ्नो स्थान परिवर्तन गरी कुम्भ राशिमा प्रवेश गर्ने छ ।

मार्च १४ अर्थात् चैत्र १ गते ग्रहहरुको राजा सूर्य मीन राशिमा प्रवेश गर्दैछ। जहाँ बुध पहिल्यैदेखि विराजमान छ। बुध र सूर्यको संयोगले बुधादित्य राजयोगको निर्माण हुने भएको छ। यसका साथै मङ्गल ग्रह पनि कुम्भ राशिमा प्रवेश गर्न लागेको छ। यी ग्रहहरूको राशि परिवर्तनले तीन राशिमा सकारात्मक प्रभाव पार्नेछ। यसमा वृष, कन्या र कुम्भ राशि पर्दछन्।

वृष राशि : –

मार्च महिनामा ग्रहमा हुने प्रमुख परिवर्तनले वृष राशिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। घरमा खुसीको माहोल रहनेछ। लामो समयदेखि रोकिएका काम छिट्टै पूरा हुनेछ। यसका साथसाथै करियर – कारोबारमा वृद्धि हुनेछ। जीवनसाथीसँग कतै तीर्थयात्रामा जान सक्नुहुन्छ।

कन्या राशि : –

ग्रह परिवर्तनले कन्या राशिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। फेब्रुअरीको तुलनामा मार्च महिना तपाईको लागि विशेष रहने छ। खर्च कम हुँदै जानेछ । यो महिना कन्या राशिका मानिसहरु शत्रुहरुमाथि हावी हुने देखिन्छ ।

कुम्भ राशि : –

ग्रहहरुको महापरिवर्तनले कुम्भ राशिका मानिसहरूलाई सबैभन्दा बढी प्रभाव पार्नेछ किनकी मार्च महिनामा कुम्भ राशिमा त्रिग्रही योग पनि बन्न लागेको छ । कुम्भ राशिका लागि मार्च महिनामा अचानक आर्थिक लाभ हुने सम्भावना छ । व्यापार व्यवसायमा धन आर्जन हुने देखिन्छ । जग्गाजमिन खरिद गर्ने सम्भावना पनि छ । पैतृक सम्पत्तिको विवाद अन्त्य हुँदैछ । यससँगै शनिको साढेसाती र ढैय्याको प्रभाव पनि समाप्त हुँदैछ ।

अर्को समाचार:

यस्ता मानिसलाई भुलेर पनि पैसा उधारो दिनु हुँदैन, कहिल्यै हुँदैन फिर्ता