समिक्षा अधिकारी भन्छिन् – ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरुलाई शुभकामना’

काठमाडौँ : – फाल्गुन २ गते बुधबार ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसरमा लोकप्रिय गायिका समिक्षा अधिकारीले सम्पूर्णलाई शुभकामना व्यक्त गरेकी छिन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले शुभकामना दिएकी हुन्। प्रेम दिवसको अवसरमा सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मन सँग खेल खेल्ने हरुलाई पनि प्रेम दिवसको शुभकामना भनेकी छिन्।

उनले लेखेकी छिन् – “प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरुलाई पनि प्रेम दिबसको धेरै धेरै शुभकामना मन देखि सच्चा सफा ईमान्दार माया गर्ने जोडिहरुको लागि त ३६५ दिन नै प्रेम दिबस हो।”

पछिल्लो समय समिक्षा अधिकारी विभिन्न महोत्सव तथा सभा-समारोहमा व्यस्त छिन्। उनी म्युजिक भिडियोहरुमा पनि देखिने गर्छिन्।

अर्को समाचार:

रहिनन् ‘दंगल गर्ल’ बबीता, असामयिक निधनले अधुरै रहने भए उनका सुनौला सपना