रहिनन् ‘दंगल गर्ल’ बबीता, असामयिक निधनले अधुरै रहने भए उनका सुनौला सपना

एजेन्सी : बलिउडकी ‘बबीता’ यानी सुहानी भटनागरको असामयिक निधनले सबैलाई असाध्यै दुखित बनाएको छ। यति कम उमेरमा निधन भएको कुरा धेरैलाई पत्याउन गाह्रो भईरहेको छ। फ्यानदेखि सेलिब्रेटीसम्म सबैले सुहानीको निधनमा शोक व्यक्त गर्दै उनको आत्माको शान्तिको कामना गरिरहेका छन्। सुहानीले फिल्म दंगलमा आमिर खानकी कान्छी छोरी ‘बबिता’को भूमिका निभाएकी थिइन्।

यस फिल्मबाट उनले निकै लोकप्रियता हासिल गरेकी थिईन्, तर केही समयका लागि उनी फिल्मबाट टाढै बस्न चाहन्थिन् तर एकपल्ट सुहानीले आफ्नो सपना फिल्ममा आफूलाई मुख्य अभिनेत्रीको रुपमा हेर्न चाहेको बताएकी थिइन्, जुन अब अधुरो रहने भएको छ।

दिवंगत अभिनेत्री सुहानी भटनागरले एक पटक इन्डिया टिभीलाई दिएको अन्तर्वार्तामा आफू अहिले आफ्नो पढाइ पूरा गर्न चाहने र पढाइ पूरा भएपछि फिल्ममा मुख्य अभिनेत्रीको रुपमा काम गर्ने सपना रहेको बताएकी थिइन् । साथै, सुहानीले यस बीचमा कुनै राम्रो अवसर पाएमा अवश्य काम गर्ने बताइन्, तर त्यतिन्जेल आफ्नो पढाइमा मात्र ध्यान दिन चाहने इच्छा व्यक्त गरेकी थिईन्।

योसँगै सुहानीको निधनपछि उनको यो सपना अधुरो रहने भएको छ। सुहानीको निधनले उनका आमाबुवा र परिवार मात्र नभई फ्यानसहित पूरा बलिउड फिल्म इन्डस्ट्री पनि शोकमा छ । सुहानीको आकस्मिक मृत्युलाई लिएर धेरै प्रश्न उठिरहेको भए पनि सत्य यो हो कि सुहानी भटनागरले आफ्नो वास्तविक जीवनको ‘दंगल’ हारिन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार १९ वर्षको उमेरमा निधन भएकी सुहानी ‘डर्मेटोमायोसाइटिस’ रोगबाट ग्रसित थिइन्। यो रोगमा मांसपेसीहरू कमजोर हुने र छालामा दाग देखिनुका साथै गम्भीर अवस्थामा सास फेर्न समेत निकै अप्ठ्यारो हुन्छ।

सुहानी भटनागरले आमिर खानसँग फिल्म ‘दंगल’ मा काम गरेकी थिइन् । यस फिल्ममा सुहानी आमिर खानकी कान्छी छोरी बबिताको भूमिकामा देखिएकी थिइन् । यस भूमिकाबाट सुहानीले धेरै वाहवाही बटुलेकी थिईन् र उनको कामको निकै तारिफ भएको थियो। तर ‘दंगल’ पछि सुहानीले आफूलाई फिल्मबाट टाढा राखेकी थिइन्, यद्यपि उनी केही टिभी विज्ञापनमा देखिएकी थिइन्।

अर्को समाचार:

बिहे गरेर पनि आमा बन्ने सौभाग्य पाएनन् चर्चित यी ३ अभिनेत्रीले