माघ २८ गतेको राशिफल : आइतबार १२ राशिका दिन शुभ – अशुभ कस्तो रहला ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शारीरिक- मानसिक स्वास्थ्य स्वस्थ रहला। पारिवारिक सदस्यसँग स्वादिष्ठ भोजन गर्नुको साथै आनन्दपूर्ण समय बिताउने योग छ। आर्थिक मामिलामा भविष्यको लागि योजना बनाउनु हुनेछ। नकारात्मक विचारबाट टाढा रहनुहोला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन उर्जा तथा प्रसन्नतापूर्ण रहनेछ। स्वास्थ्य स्वस्थ रहनाले सुख र आनन्दको अनुभूति हुनेछ। आफन्त वा मित्रको तर्फबाट उपहार मिल्नेछ। आर्थिक लाभ होला। वैवाहिक जीवनको उत्तम सुख प्राप्त गर्न सक्नुहुन्छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

संवेदनशिल र विचारपूर्ण व्यवहारले अनिष्टबाट बचाउन सक्नुहुन्छ। तपाईले बोली र व्यवहारको ख्याल राख्नुपर्ने हुन्छ। शारीरिक कष्टले मनलाई अस्वस्थ बनाउनेछ। परिवारमा झगडापूर्ण वातावरण रहनेछ। आध्यात्मिक व्यवहारले मानसिक शान्ति दिनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आकस्मिक धन प्राप्ति र बहुविधि लाभबाट भरिपूर्ण दिन रहनेछ। तपाईको दिन आनन्ददायक र रोमान्चक रहनेछ। आय वृद्दि हुनेछ। व्यापारीलाई व्यापारमा नाफा होला। विवाह गर्न उत्सुक व्यक्तिको लागि विवाहको योग छ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको काम ढिलो भएता पनि सफलता मिल्नेछ। कार्यालय वा घरमा उत्तरदायित्वको बोझ बढ्नेछ। जीवनमा अधिक गम्भीरता अनुभव गर्नुहुनेछ। पितासँग मतभेद उत्पन्न होला। शुभ अवसरको आयोजन गर्नुहुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शरीरमा थकान , आलस र चिन्ताको अनुभव हुनेछ। सन्तानसँग मतभेद वा मनमुटाव हुनेछ। स्वास्थ्यको चिन्ताले सताउनेछ। धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च हुनेछ। राजनीतिक कठिनाइको सामना गर्नुपर्नेछ। अफिसमा उच्च अधिकारीसँग वाद विवाद होला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

स्वास्थ्यको ध्यान राख्नुपर्नेछ। रिस र कामवृत्तिमा ध्यान राख्न आवश्यक छ। आकस्मिक धन लाभ हुनेछ। समयमा भोजन गर्न ढिलाई हुनेछ। तपाईको अत्यधिक खर्च होला। स्त्री तथा जलाशयबाट टाढा रहनुहोला। खराब व्यवहारको कारण झगडा हुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पेसा र व्यवसायको क्षेत्रमा लाभ नै लाभ होला। यसका साथै मित्र, आफन्त र वृद्दबाट लाभ प्राप्तको संकेत छ। सामाजिक समारोहमा जानुहुनेछ। अविवाहितको विवाह हुने योग छ। सांसारिक जीवनको आनन्द अनुभव होला। आयको स्रोत बढ्नेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक र व्यापारिक आयोजन गर्नको लागि दिन शुभ छ। कार्य सरलतापुर्वक सफल हुनेछ। परोपकारको भावना रहनेछ। पेसा-व्यवसायमा उन्नति र मान-सम्मान प्राप्त हुनेछ। घरायसी जीवनमा आनन्द नै आनन्द अनुभव होला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको दिन मिश्र फलदायी साबित हुनेछ। बौद्दिक कार्य र व्यवसायमा नयाँ विचारधारा अभ्यासमा ल्याउनु हुनेछ। लेखन र साहित्यसँग सम्बन्धित प्रवृत्तिमा तपाईको सिर्जनात्मकता देखिनेछ। तरपनि मनको कुनै कुनामा अस्वस्थ अनुभव होला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नकरात्मक विचारले मनमा निराश भावना उत्पन्न होला। बोलीमा ध्यान नरहेको कारण परिवारमा मनमुटाव र झगडा होला। स्वास्थ्य खराब हुनेछ। दुर्घटनाबाट बच्नुहोला। ईश्वरको नाम स्मरण र आध्यात्मिक पठन र मानसिक शान्ति दिनेछ। खर्च बढ्नेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको दिन सुख-शान्तिले बित्नेछ। श्रीमान-श्रीमती बीच दाम्पत्यजीवनमा निकट अनुभव होला। मित्र तथा आफन्तसँग भेट हुनेछ। सार्वजनिक जीवनमा प्रगति मिल्नेछ। उत्तम वैवाहिक सुख प्राप्त हुनेछ। प्रेमीसँग रोमान्स अधिक प्रगाढ हुनेछ।

अर्को समाचार:

फाल्गुन महिना ज्योतिषीय दृष्टिकोणले कुन राशिलाई शुभ छ, कुन राशिलाई अशुभ ? हेर्नुस् मासिक राशिफल