यी बलिउड स्टार्सलाई आफ्नो परिवारले गर्छन् घृणा, आफ्नै आमाबुबासँग छैन बोलचाल

एजेन्सी : – आज पनि धेरै बलिउड स्टारहरू यस्ता छन् जो आफ्नो परिवारसँग एउटै छानामुनि बस्छन्। त्यस्तै धेरै सेलिब्रेटीहरू यस्ता पनि छन् हो आफ्नो परिवारका सदस्यहरूसँग फिटिक्कै मिल्दैनन्। बलिउडमा यस्ता धेरै कलाकारहरु छन्, जसको आफ्नो परिवारसँग मनमुटावका खबरहरु सार्वजनिक भएका छन्। त्यसैले आज हामी तपाईलाई ती स्टारहरुको बारेमा बताउन गइरहेका छौँ जो आफ्नो पारिवारिक कलहका कारण चर्चामा आएका छन् ।

कङ्गना रनौत : –

यो सूचीमा पहिलो नाम बलिउडकी ड्यासिङ गर्ल कङ्गना रनौतको आउँछ बलिउडसँगै कङ्गनाले आफ्नो बुबासँग पङ्गा लिईसकेकी छिन्। यो कुरा अभिनेत्री आफैले सामाजिक सञ्जालमा खुलाएकी थिइन्। उनले आफ्नो एक्स अकाउन्टमा एक पोस्ट शेयर गर्दै उनलाई उनको पिताले थप्पड हान्ने प्रयास गरेको बताएकी थिईन्। तर उनले बुबाको हात रोकेकी थिईन्। यति मात्र होइन, कङ्गनाले आफ्ना बुवालाई थप्पड हान्ने धम्की समेत दिएकी थिईन्।

अमीषा पटेल : –

अमिषा पटेलले आफ्नो परिवारले आफ्नो कमाईको दुरुपयोग गरेको आरोप लगाएकी थिइन् । उनले आफ्ना पितामाथि १२ करोड चोरेको आरोप लगाएकी थिईन्। त्यसपछि उनका बुवालाई कानूनी नोटिस पठाईएको थियो।

आमिर खान : –

आमिर खानका भाई फैजल खानले धेरै पटक आफ्नो दाजु आमिरमाथि सङ्गीन आरोप लगाईसकेका छन्। फैजलले आफ्नो दाई आमिर खानले उनलाई कोठामा बन्द गरेर मानसिक रुपमा रोगी बनाएको आरोप लगाएका थिए। फैजलले आमिरमाथि सम्पत्ति हडपेको आरोप पनि लगाएका थिए । तर, अहिले यी दुईबीच सबै कुरा मिलेको छ ।

नवाजुद्दीन सिद्दीकी : –

नवाजुद्दीन सिद्दिकीको आफ्नो भाईसँग खासै राम्रो सम्बन्ध थिएन्। अभिनेताका भाइले उनको कारणले आफ्नो करियर बन्न नसकेको आरोप लगाएका थिए ।

प्रतीक बब्बर : –

अहिले प्रतीक बब्बर र उनका बुवा राज बब्बरबीच सबै ठीकठाक छ । तर बाल्यकालमा प्रतीकले आफ्नो पितालाई घृणा गर्थे। प्रतीकले एक अन्तर्वार्तामा भनेका थिए, ‘मेरो कुरा सुन्न मेरो बुबासँग समय थिएन। आफ्नी आमा स्मिता पाटिलको मृत्यु पछि, प्रतीक आफ्ना हजुरआमा-हजुरबुबासँग बस्ने गर्थे।

अर्को समाचार:

समिक्षा अधिकारी भन्छिन् – ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरुलाई शुभकामना’