मङ्सिर ८ गतेसम्म साप्ताहिक राशिफल : यी राशिको यो हप्ता चम्किनेछ भाग्य, हुनेछ धनको वर्षात्

• साताको राशिफल : मङ्सिर २ गतेदेखि मङ्सिर ८ गतेसम्म

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

जतिसुकै प्रयत्न गरे पनि व्यापारसम्बन्धी काममा सोचेजति फाइदा हुन सक्ला जस्तो छैन । साताको उत्तराद्र्धदेखि अलिकति प्रगति हुने लक्षण देखिन्छ । परिवारबाट पाइने सहयोग पनि हाल मध्यम मात्र छ । प्राविधिक खाले कामबाट मद्दत मिल्ला

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मनमा डर लागिरहे पनि बिग्रने किसिमको साता छैन । नातेदारबाट खास मद्दत पाउनुहुने छैन र आफ्नै बलबुताले व्यवहार चलाउनु पर्नेछ । साताको मध्य भागमा नचाहिने झन्झटको सामना गर्नुपर्ने स्थिति छ । गणेशको दर्शन र सेवा गरिरहनुहोस् । जागिरमा नराम्रो छैन ।

• मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

समय त्यति राम्रो छैन । बाधा आइरहने छन् । नेतृत्व शक्ति कमजोर भएर गएको छ । मित्रवर्गबाट पनि त्यति ठूलो मद्दत मिल्ला जस्तो छैन । हातले समातेको व्यवसायबाट फाइदा लिनका निमित्त दौडधूप बढी पर्ला तर लाभ भने सीमित छ । नारायणको दर्शन गरिरहनुहोस् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

यात्रा हुने समय छ । यो यात्राबाट राम्रै उपलब्धि हुने देखिन्छ । विवाह वा प्रेमसम्बन्धी कुरामा भने तुषारापात हुनसक्छ । पढाइको क्षेत्रमा खास प्रगति देखिन्न । नोकरीको सन्दर्भमा पनि यात्रा होला कि जस्तो छ । पीपललाई नित्य जल चढाइरहनुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

समय राम्रो खालको छ । काम गर्ने उत्साह बढ्ला भने गरेका काम बन्ने पनि छन् । परिवार र मित्रले दिएको सल्लाहलाई राम्रोसँग आत्मसात् गर्नुहोस् । व्यापार, व्यवसायमा हानि देखिन्न । जागिरको कामबाट पनि केही फाइदा नै लिन सक्नुहुनेछ

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

साता राम्रो खालको छ । सुरुका दिनमा नै भोजभतेर पर्ने सम्भावना छ । माङ्गलिक काममा सरिक हुनुपर्ला । इष्टमित्रसँग भेटघाट भए पनि उनीहरूबाट खास उपलब्धि भने हुने छैन । व्यापार, व्यवसायमा हानि देखिँदैन । जागिरतिर यथावत् स्थिति रहला

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

खर्च प्रशस्त हुनेछ तर त्यसलाई उठाउन सक्ने काम पनि साताको उत्तराद्र्धमा भेट्टाइने सम्भावना छ । गणेशको आराधनाले ठूलै किसिमको उपलब्धि पाउनु हुनेछ । मानप्रतिष्ठा त बढ्ने छैन तर विपक्षीसँग पराजित हुनुपर्ने स्थिति हाल देखिन्न । पढाइ एवं लेखाइ दुवैमा प्रगति हुनेछ

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मध्यम खालको साता छ । केही काम बन्नेछन् भने केही बाँकी रहनेछन् तर बिग्रने स्थिति भने हाल छैन । कोरा जागिरबाट भन्दा प्राविधिक खाले कामबाट फाइदा लिन सक्नुहुनेछ । परिवारको सहयोगले पनि निकै काम गर्ला । व्यापारतिर हाल मिश्रित लाभ हुने स्थिति छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

बुधबारसम्मका दिन राम्रा खालका छन् । असल काम गर्नतिर मन जाला भने गरेका काम सफल पनि हुनेछन् । बिहीबार र शुक्रबार बढी नै खर्च होला । व्यापार, व्यवसायमा हानि नभए पनि पूरै गतिलो लाभ भने हुने छैन । त्यसैले ठूलो खालको लगानी नगर्नुहोस्

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मनमा डर लागिरहला तर साताको सुरुदेखि नै असल काम गर्नतिर मन जाला । मित्रबाट ठूलो सहयोगको अपेक्षा नगर्नुहोस् । जागिरतिर पनि हाल माध्यम स्थिति छ । साताको पूर्वाद्र्धमा व्यापार, व्यवसायबाट फाइदा होला ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

त्यति राम्रो समय छैन । खर्च अति नै होला । हातले समातेको व्यवसायले पनि सामान्य लाभ मात्र देला । नारायणको आराधना नगरीकन कुनै पनि ठोस काममा सफलता पाउनुहुने छैन । जागिरतिर राम्रो स्थिति बसाल्न शनि ग्रहको आराधना गरिरहनुहोस्।

• मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सातालाई मध्यम रूपमा लिन सकिन्छ । काम नबिग्रे पनि सन्तोषजनक तरिकाबाट सफलता होला जस्तो छैन । मद्दत गर्ने मित्र सीमित छन् भने काम बिगारिदिने धेरै छन् । पेटमा बिसञ्चो हुने सम्भावना त्यतिकै छ । हाललाई गणेश एवं भैरवको आराधना गरिरहनुहोस्।

अर्को समाचार:

भोलि मङ्सिर ३ गतेको राशिफल : कुन राशिलाई शुभ छ, कुन राशिलाई अशुभ छ भोलिको दिन ?