भोलि मङ्सिर ३ गतेको राशिफल : कुन राशिलाई शुभ छ, कुन राशिलाई अशुभ छ भोलिको दिन ?

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईंको लागि यस दिन अकुकूल रहनेछ। शारीरिक तथा मानसिक स्फूर्तिको महशुस हुनेछ। उर्जा एवम उत्साह बढ्नेछ। परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ। आमाबाट लाभ प्राप्त हुने देखिन्छ। आफन्तजन तथा मित्रगणसँग भेटघाट गर्ने अवसर मिल्नेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। खर्चामा वृद्धि हुनेछ। नयाँ मित्रहरु बन्नेछन्। सरकारी क्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। मित्रगणको साथ यात्राको योग बन्नेछ। अग्रजको भरपूर सहयोग प्राप्त हुनाने मन प्रशन्न रहनेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। आकस्मिक धन लाभको योग रहेको छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ। आफ्नो क्रोधमा नियन्त्रण गर्नु पर्ने देखिन्छ। अत्याधिक खर्च हुनेछ। परिवारका सदस्यका साथ मतभेद हुनसक्छ। नयाँ कार्य यस दिन सुरु नगर्नुहोला। सरकारी क्षेत्रमा समय अनुकूल छैन। वैचारिक रूपले नकारात्मकता छाउनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

तपाईं वा तपाईंको जीवनसाथीको स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, सतर्क रहनुहोला। दाम्पत्य जीवनमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। मनमा नकारात्मक सोच उत्पन्न हुनेछ। कार्यक्षेत्रमा सहकर्मीको साथ मतभेद हुनसक्छ। सामाजिक क्षेत्रमा अनावश्यक समय खर्च हुनसक्छ। मनमा उदासिनता छाउनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

तपाईंको लागि यस दिन लाभदायक रहनेछ। धन प्राप्तिको शुभ योग रहेको छ। मित्रजनसँगको भेटले मन प्रशन्न रहनेछ। पत्नी तथा सन्तानबाट पनि लाभ प्राप्त हुने सम्भावना रहेको छ। उत्तम एवम स्वादिष्ट भोजनको अवसर मिल्नेछ। कार्यक्षेत्रमा विशेष लाभ प्राप्त हुने देखिन्छ। आयमा वृद्धि हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनाले मन प्रशन्न रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहेछन्। पदोन्नतीको योग रहेको छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम छैन। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना रहेको छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

नयाँ कार्य गर्नको लागि समय शुभ रहेको छ। स्वास्थ्यमा समस्या आउन सक्छ। खान-पानमा विशेष ध्यान दिनुहोला। आफ्नो क्रोध र वाणीमा संयम राख्न जरूरी देखिन्छ। तपाईंको बोलीको कारण परिवारमा मतभेदको अवस्था सिर्जना हुनसक्छ। अधिक खर्च हुँदा आर्थिक पक्ष कमजोर हुनेछ। सरकारी क्षेत्रमा समय अनुकूल देखिँदैन।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मनमा चिन्ताका भावना उत्पन्न हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरि आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ। आफन्तजन तथा परिवारका सदस्यका साथ मतभेद हुनसक्छ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ छैन। खर्चमा वृद्धि हुनेछ। परिश्रम अनुरुप सफलता प्राप्त नहुँदा मन चिन्तित रहनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधार आउने देखिन्छ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। स्त्री मित्रसँगको भेटले मन प्रशन्न रहनेछ। महिलाको माइती पक्षबाट शुभ समाचार प्राप्त हुने देखिन्छ। धन लाभको सम्भावना रहेको छ। अधुरा रहेका कार्य सफलतापूर्वक सम्पन्न हुनेछ। परिवारमा सुख-शान्तिमय र आनन्दमय वातावरण रहनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

परिवारका साथ आनन्दमय समय बित्नेछ। मानसिक तथा शारीरिक स्वास्थ्यमा सुधार आउनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय निकै उत्तम रहेको छ। दाजु-भाईसँगको सम्बन्धमा सुधार आउनेछ। यात्राको योग बन्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। भाग्य वृद्धि हुनेछ। यस दिन तपाईंको मन प्रशन्न रहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। नयाँ कार्य सुरु गर्नको लागि समय शुभ रहेको छ। आफन्तजनको साथमा आनन्दमय रूपले समय बित्नेछ। मित्रगण तथा आफन्तजनसँग भेटघाटको अवसर मिल्नाले मन प्रशन्न रहनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। अध्यात्मको आनन्द तपाईंको जीवनमा रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ। खर्चमा वृद्धि हुनेछ। मित्रगणका साथ मनमुटावको अवस्था सिर्जना हुनसक्छ, ध्यान दिनुहोला। लेन-दिनको लागि पनि समय उत्तम रहेको छैन। आफन्तजनको साथ मदभेद हुने देखिन्छ। शारीरिक तथा मानसिक स्वास्थ्य सामान्य रहनेछ। मनमा नकारात्मक विचार उत्पन्न होला।

अर्को समाचार:

१० वर्षपछि बन्ने मालव्य राजयोगले चम्काउनेछ यी ३ राशिको भाग्य, धनदाता शुक्रको मिल्नेछ असीम कृपा