चैत १७ गतेको राशिफल: शुक्रबार कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। चैत १७ गते शुक्रबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।

शुक्रबार दिन माता सन्तोषीको नाममा समर्पित हुने गर्दछ। शुक्रबार  माता सन्तोषीको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शुक्रबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

चैत १७ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शुक्रबार ।।। नक्षत्र- तिष्य ०२:३५ बजेसम्म, त्यस उप्रान्त अश्लेषा ।।। तिथि – दशमी , १०:५२ बजे उप्रान्त एकादशी ।।। करण – तैतिल १३:२५बजेसम्म, त्यस उप्रान्त गर ०२:२७बजेसम्म ।।। योग – सुकर्मा ०२:४१ बजेसम्म, त्यस उप्रान्त धृति ।।। चैत १७, २०७९, शुक्रबार।।। ३१ मार्च, सन् २०२३ ।।। दशमी, चैत्र शुक्लपक्ष ।।। चौलाथ्व, ११४३ ने.सं. ।।।  सूर्योदय – ०५: ५८ ।।। सूर्यास्त – १८ :२० ।।।  शुभ साइत : – होम गर्ने साइत-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईको दिन शुभफलदायी रहनेछ। शारीरिक, मानसिक स्वस्थ र उत्साही बनिरहनेछ। नयाँ कार्य शुभारम्भ गर्नको लागि अनुकूल दिन रहेको छ। परिवारसँग समय आनन्दपूर्वक बित्नेछ। धार्मिक कार्यमा खर्च हुनेछ। मध्यान्नपछि विशेष ध्यान राख्नुहोला। कुनै वादविवाद वा झगडा होला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

रिस र बोलिमा विशेष ध्यान राख्नुहोला। नकारात्मक विचार मनमा आउन नदिनुहोला। खानपिनमा ध्यान राख्नुहोला। मध्यान्नपछि वैचारिक स्थिरताको साथ भएको कार्य पूर्ण हुनेछ। रचनात्मक अथवा सिर्जनात्मक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

आवश्यक निर्णय लिनको लागि वैचारिक दृढता र स्थिरतालाई सर्वप्रथम स्थान दिनुहुनेछ। मित्र र प्रियपात्रसँग भेट हुनेछ। भाईसँग आफन्त निकटता आउनेछ । मध्यान्नपछि अरुचिकर घटनाबाट मन अस्वस्थ हुनेछ । धन र प्रसिद्दिमा हानी होला। आमाको स्वास्थ्यको चिन्ता रहनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

पारिवारिक शान्ति बनाई राख्नुहोला। आमाको स्वास्थ्य खराब रहन सक्ला। धन र प्रतिष्ठामा हानी होला। मध्यान्नपछि स्वभावमा भावुकता बढ्न सक्छ। तपाईको सिर्जनशक्तिमा सकारात्मक वृद्धि हुनेछ। विधार्थीको लागि समय अनुकुल हुनेछ। आफन्तसँग घनिष्ठता वृद्धि हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मानसिक रूपबाट भावुकताको मात्रा अधिक रहनेछ। विद्यार्थीले अभ्यास र भविष्य सम्बन्धित सफलता प्राप्त गर्नेछन्। कल्पनाशक्तिबाट साहित्य-सिर्जनमा नवीनता ल्याउन सक्नुहुनेछ। घरको वातावरण मा सुख-शान्ति बनिरहनेछ। व्यवसायमा सफलता प्राप्त हुनेछ र सहकर्मीको सहयोग मिल्नेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

दृढ मनोबल र आत्मविश्वाससँग प्रत्येक कार्यलाई सफल बनाउनुहुनेछ। घरायसीजीवमा सुख र शान्ति बनिरहनेछ। शारीरिक स्वास्थ्य स्वस्थ रहनेछ। स्वभावमा उग्रता बनिरहनेछ। मध्यान्नपछि तपाईको प्रवृत्तिमा परिवर्तन आउनेछ। मित्र र आफन्तसँग यात्रा वा भ्रम हुने योग रहेको छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

घुमफिर, खानपिन एवम् मनोरंजनमा आननदपूर्वक समय बिताउनुहुनेछ। मध्यान्नपछि प्रतिकूलतालाई प्रतिकार गर्नुहुनेछ। स्वास्थ्यले सताउनेछ। आकस्मिक धनलाभले चिन्ता कम गर्नेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

रिस र बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यमा ध्यान राख्नुहोला। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। मानसिक रूपले निराश अनुभव गर्नुहुनेछ। परिवारसँग झगडा हुन सक्ला। उच्च अधिकारी, प्रतिस्पर्धिसँग वाद-विवादमा नउत्रिनुहोला।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

उच्च अधिकारिसँग बोलि र व्यवहारमा ध्यान राख्नुहोला। शारीरिक रूपले अस्वस्थ र मानसिक चिन्ता बनिरहनेछ। व्यापारमा विध्न आउन सक्ला। मध्यान्नपछि व्यवसायिक क्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। उच्च अधिकारीसँग कार्यको सन्तोष मिल्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

दिन अनुकूल र लाभदायी रहनेछ। व्यवसायिक क्षेत्रमा उच्च अधिकारीगणको कृपादृष्टिले प्रगतिको मार्ग निर्विध्न हुनेछ। व्यापारमा आय वृद्दि हुनेछ। पिता र ठुलो आशीर्वादबाट लाभ मिल्नेछ। मध्यान्नपछि मित्रबाट लाभ हुनेछ। कुनै सामाजिक प्रसंगमा उपस्थित रहनु पर्न सक्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

घर एवम् सन्तान सम्बन्धि शुभ समाचार मिल्नेछ। पुरानो वा बाल्यकालको साथीसँग आनन्दमे समय बिताउनुहुनेछ। नयाँ मित्र बनाउन सक्नुहुनेछ। व्यवसायिक एवम् आर्थिक रूपले लाभ मिल्नेछ। शारीरिक र मानसिक रूपले स्वास्थ्य बिग्रन सक्ला। धार्मिक कार्यमा खर्च हुन सक्ला।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

कम समयमा नै अधिक लाभ पाउने विचारमा नफस्नुहोला। अदालती विषयमा नपर्नुहोला। मानसिक रूपले एकाग्रता कमरहनेछ। शारीरिक स्वास्थ्य सम्हाल्नुहोला। धन सम्बंधित लेन-देनमा ध्यान राख्नुहोला। मध्यान्नपछि सहज महसुस गर्नुहुनेछ। पारिवारिक वातावरणमा सुख-शान्ति बनिरहनेछ।

अर्को समाचार:

मासिक राशिफल: कुन राशिलाई कस्तो रहला अप्रिल महिना, हेर्नुहोस्