भोलि चैत्र अमावस्या गर्नुहोस् यस्ता कार्य, कुण्डलीमा रहेको पितृदोषबाट मुक्ति मिल्नेछ !

चैत्र महिनामा पर्ने अमावस्यालाई चैत्र अमावस्या साथै भौमवती अमावस्या पनि भनिन्छ। पितृहरूलाई प्रसन्न गर्न र उहाँहरूको आशीर्वाद प्राप्त गर्नको लागि यो दिन धेरै महत्त्वपूर्ण छ। जसको कुण्डलीमा पितृदोष हुन्छ, उनीहरूले चैत्र अमावस्यामा पितृदोषबाट मुक्ति पाउनका लागि यी उपाय अपनाउनु पर्छ।

भोलि चैत ७ गते मंगलबार चैत्र अमावस्या अर्थात् भौमवती अमावस्या परेको छ। यस दिन केही विशेष वस्तुको दान गर्नाले पितृको आशीर्वाद प्राप्त हुनेछ। यसले जीवनमा सुख र समृद्धि ल्याउनुका साथै काममा प्रगति हुनेछ।

हिन्दू पात्रोका अनुसार चैत्र अमावस्या तिथि चैत्र ७ गते बिहान १ः४७ बजेबाट सुरु भई राति १०ः५३ बजे समाप्त हुनेछ । चैत्र अमावस्याको बिहान पवित्र नदीमा स्नान गरी दान गर्नाले धेरै लाभ मिल्छ।

पितृदोषबाट मुक्ति पाउन अमावस्याको दिन कालो तिल दान गर्नुहोस्। ज्योतिषशास्त्रका अनुसार अमावस्यामा कालो तिल दान गर्दा पितृदोषबाट मुक्ति मिल्छ। यसका साथै यसले शनिदोषबाट पनि राहत दिन्छ।

पितृदोषबाट मुक्ति पाउन अमावस्याको दिन कालो तिल दान गर्नुहोस्। ज्योतिषशास्त्रका अनुसार अमावस्यामा कालो तिल दान गर्दा पितृदोषबाट मुक्ति मिल्छ। यसका साथै यसले शनिदोषबाट पनि राहत दिन्छ।

यो चैत्र अमावस्या मंगलबार पर्ने भएकाले यस दिन सखर, घिउ, रातो दाल, केसर, रातो कपडा, कस्तुरी वा तामाका भाँडाहरू दान गर्दा भगवान  हनुमानको आशीर्वाद प्राप्त हुनेछ। यसका साथै यसले कुण्डलीमा मंगल ग्रहलाई बलियो बनाउँछ।

अर्को समाचार:

हनुमानलाई प्रसन्न गर्न निकै खास रहेको छ यस दिन, यस्ता कार्यले जीवनमा कहिल्यै आउने छैन संकट !