मंगल-शुक्रको मिलनले ५ राशिको जीवन कायापलट हुँदै, अबको १ महिनामा हुनेछन् धनवान !

काठमाडौँ : – ज्योतिषशास्त्र अनुसार ग्रहहरूको राशि परिवर्तनले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ। हालसालै दुई ठूला ग्रहले आफ्नो राशि परिवर्तन गरिसकेका छन्। फाल्गुन २८ गते आइतबार शुक्रले मीन राशिमा प्रवेश गरेको छ। त्यस्तै फाल्गुन २९ गते सोमबार मङ्गल मिथुन राशिमा गोचर गरेको छ। यी दुई ग्रहको राशि परिवर्तनले केही खास राशिको भाग्य उदय हुनेछ। आउँदो एक महिनासम्म यिनले भरपूर सफलता हासिल गर्नेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शुक्र-मङ्गलको गोचरले मेष राशिको जातकको भाग्य फेरिनेछ। तपाईको एक नयाँ जीवनको सुरुवात हुनेछ। पुराना समस्याबाट मुक्ति मिल्नेछ। नयाँ जागिरको प्रस्तावले तपाईको जीवनलाई मोड्नेछ। कामको सिलसिलामा विदेश पनि जान सकिनेछ। व्यापार-व्यवसाय गर्नेहरूले पनि मनग्य आम्दानी गर्नेछन्। विद्यार्थीहरूले प्रतियोगात्मक परीक्षा र अन्तर्वार्तामा सफलता पाउनेछन्। अड्डा-अदालतको मामिलामा फैसला तपाईको पक्षमा आउनेछ। प्रेममा सफलता मिल्नेछ। विवाहको योग छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

शुक्र-मङ्गलको राशि परिवर्तन वृष राशिका जातकको लागि शुभ हुनेछ। यिनले माता-पिताबाट धन प्राप्त गर्नेछन्। धार्मिक यात्रामा जान सक्नुहुन्छ। घरमा माङ्गलिक कार्य हुनेछ। भाग्यले साथ दिनेछ। लामो समयदेखि रोकिएका कामहरु समयमै सम्पन्न हुनेछन्। नोकरीमा पदोन्नति मिल्नेछ। नयाँ व्यापार-व्यवसाय सुरु गर्नको लागि मार्च महिना सर्वोत्तम रहनेछ। कला र सङ्गीतमा रुचि बढ्नेछ। करियरमा ठूलो लाभ हुनेछ। अविवाहितले विवाहको प्रस्ताव पाउन सक्छन्। दाजुभाइ तथा दिदीबहिनीको विशेष सहयोग मिल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

शुक्र-मङ्गलको गोचरले मिथुन राशिका जातकको जीवनमा खुशीयाली ल्याउनेछ। तपाईका सबै दुख-दर्दहरु समाप्त हुनेछन्। सन्तानबाट शुभ समाचार सुन्न पाउनुहुनेछ। इष्टमित्र तथा आफन्तबाट धन प्राप्ति हुनेछ। प्रेम सम्बन्धको मामिलामा निर्णय तपाईको पक्षमा हुनेछ। आर्थिक अवस्था राम्रो हुनेछ। नयाँ घर तथा सवारी साधन खरिद गर्न सकिनेछ। पुराना रोगहरु हट्नेछन्। भगवानप्रतिको आस्था बढ्नेछ। समाजमा तपाईको चौतर्फी प्रशंसा हुनेछ। कतैबाट अचानक ठूलो धन प्राप्त हुन सक्छ। उधारो दिएको धन फिर्ता हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका व्यक्तिहरूलाई शुक्र-मङ्गलको स्थितिमा हुने परिवर्तनले प्रत्यक्ष लाभ दिनेछ। राजनीति र शिक्षासँग सम्बन्धित व्यक्तिले भरपूर लाभ पाउनेछन्। नोकरीमा बढुवा र व्यापारमा लाभ हुनेछ। नयाँ घर खरिद गर्न सक्नुहुन्छ। भाग्यले साथ दिनेछ। शत्रु तपाई अगाडी घुँडा टेक्न बाध्य हुनेछन्। समाजमा तपाईको सोधखोज बढ्नेछ। परिवारमा खुशीको माहोल रहनेछ। पुरानो साथीसँग भेटघाट हुनसक्छ। यो भेट लाभदायक साबित हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

शुक्र-मङ्गलको गोचरले धनु राशिका जीवनमा धेरै खुशी ल्याउनेछ। तपाईको जीवनका सबै समस्याहरू समाप्त हुनेछन्। घरमा धार्मिक कार्य हुन् सक्छ। धार्मिक यात्रामा जाने अवसर पाउनुहुनेछ। भगवानको आशीर्वाद सँधै तपाईको साथ रहनेछ। घरजग्गाको मामिलामा तपाईको पक्षमा निर्णय हुनेछ। काममा मनग्य आम्दानी हुनेछ। व्यापारमा ठूलो सम्झौता हुनसक्छ। बेरोजगारहरूले जागिर पाउने अवसर छ। एक्ला मानिसहरुले जोडी भेट्टाउँन सक्छन्।

अर्को समाचार:

आज चैत १ गते बुधबार कस्तो रहला दिन, हेर्नुहोस् दैनिक राशिफल !