साताको शुभ राशि: यस साता ५ राशिलाई हुनेछ खुब लाभ, दिनहरु हुनेछ अत्यन्तै शुभ!

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ ?

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

परिश्रम गरेअनुसारको उपलब्धि नभए पनि यो साता निराश हुनुपर्ने अवस्था छैन । मित्रको सहयोगले धेरै काम गर्नेछ । सोमबार र मङ्गलबार स्वास्थ्यका लागि त्यति राम्रा छैनन् । बाँकी दिनमा भने केही न केही उपलब्धि भइरहनेछ । खासगरी प्राविधिक कामले फाइदा दिनेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सातालाई राम्रो रूपमा लिनुपर्दछ । सुरुमा नै भोजभतेरहरू पर्नेछन् । इष्टमित्रसँग भेट हुने समय छ। उनीहरूको सल्लाहलाई उपेक्षा नगर्नुहोस् । तत्काल आएका समस्यालाई निदान गर्न सकिनेछ । आर्थिक स्थिति त्यति डर लाग्दो देखिँदैन।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

समय राम्रो खालको साता छ। केही काम गर्नुपर्ने भए गरिहाल्नुहोस् । अलिकति खर्च बढाएमा निकै उपलब्धि पाउनुहुनेछ । व्यापार, व्यवसायमा भने त्यति ठूलो प्रगति देखिँदैन । गणेशको आराधनाले आइपर्ने बाधा हट्न सक्नेछन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

साता राम्रै खालको छ। असल काम गर्नतिर मनको प्रवृित्त जाला भने गरेका काम बन्ने पनि छन्। आर्थिक स्थिति त्यति चिन्ताजनक छैन। मित्रको सहयोगले केही नयाँ कामसमेत हातमा पर्न सक्छ। खर्च भने घट्ने क्रममा छैन।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

यो साता खर्च बढेअनुसार केही काम पनि बन्नेछन् । बौद्धिक स्थिति त्यति बाहिर गएको छैन। बोलीमा ओज छ भने त्यसले धेरै मानिस प्रभावितसमेत हुनेछन् । आर्थिक स्थिति नराम्रो देखिन्न । विवाहसम्बन्धी कुरामा राम्रो प्रगति हुने साता छ।

अर्को समाचार:

भोलि शनिदेव उदय हुँदै, कुन राशिलाई कस्तो प्रभाव रहला: हेर्नुहोस् !