साताको अशुभ राशि: यस साता सावधान रहनुहोस् यी ४ राशिका व्यक्ति, पर्नेछ अनेक समस्या!

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन-कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

यो साता स्वास्थ्य त्यति राम्रो रहने छैन । स्वास्थ्यकै लागि बढी खर्च गर्नु पर्ला । त्यसपछि शिक्षाको कामले खर्च गराउने छ । व्यापारमा वृद्धि होलाजस्तो छैन । साताको मध्य भागमा मात्रै केही आर्थिक लाभ गर्नुहुनेछ । नारायणको नित्य दर्शन गरिरहनुहोस् ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

पूर्वाद्र्ध राम्रो खालको छ। साताको मङ्गलबारदेखि भने केही समस्या आएर मन खिन्न हुनेछ । पढाइमा पूरा समय जाला जस्तो छैन। व्यापारसम्बन्धी काममा पनि अनेकौँ बाधा तेर्सिनेछ । नारायणको आराधनाले त्यस्तो समस्या समाधान गर्न सकिनेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

यो साता खर्च बढी नै रहनेछ र त्यसलाई नियन्त्रण गर्न गाह्रो छ । आफ्ना लागिभन्दा पनि परिवारकै लागि बढी खर्च हुनेछ तैपनि परिवारबाट पाउनुपर्ने ठोस सहयोग पाउनुहुने छैन । स्वास्थ्यमा सानोतिनो बाधा भई नै रहला । पढाइमा अझै पनि गति आउन सकेको छैन ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

सातालाई राम्रो भन्न सकिन्न । वादविवाद र झगडा बढी पर्नेछ । विपक्षीहरू घटेका छैनन्, बरु बढ्ने स्थितिमा छन् । हाललाई तपाईंको कूटनीतिक प्रतिभा पनि घट्दै गएको देखिन्छ । सूर्यको नित्य दर्शन गर्नुहोस् र सूर्यलाई अघ्र्य दिनुहोस् ।

अर्को समाचार:

साताको शुभ राशि: यस साता ५ राशिलाई हुनेछ खुब लाभ, दिनहरु हुनेछ अत्यन्तै शुभ!