पर्सि आइतबार बन्दैछ अत्यन्तै शुभ योग, यी कार्यले हुनेछ फलदायी !

धार्मिक मान्यता अनुसार पञ्चाङमा गुरुपुष्य र रवि पुष्य योगलाई अत्यन्त लाभदायक मानिएको छ। बिहीबार पुष्य नक्षत्र पर्दा गुरु पुष्य योग बन्छ र आइतबार पुष्य नक्षत्र पर्दा रवि पुष्य योग हुन्छ। २७ वटा नक्षत्र मध्ये पुष्य नक्षत्रलाई उत्तम मानिन्छ। यस योगको विशेषता यो हो कि यसले दिनको अनुसार शुभ फल प्रदान गर्दछ।

यसपटक जनवरी ०७ आइतबार पुष्य नक्षत्र २४ घण्टा रहनेछ। यस नक्षत्रमा विवाह कार्य बाहेक अन्य सबै शुभ कार्यहरु अत्यन्त फलदायी हुन्छन्। रवि पुष्य योगमा नयाँ व्यवसाय सुरु गर्दा गृहप्रवेश, शिलान्यास, धन लगानी र जग्गा खरिद गर्ने कार्य उत्तम मानिन्छ। यस योगमा लुगा र गहना किन्न पनि धेरै शुभ मानिन्छ।

रवि पुष्य योगमा मन्त्र सिद्धि पनि पनि निकै महत्त्वपूर्ण हुन्छ। आफ्नो मनपर्ने मन्त्र जप गर्दा साधकले वाणी प्राप्त गर्ने मान्यता रहेको छ। विशेष मन्त्रको अनुष्ठान र जप पनि धेरै फलदायी हुन्छ। माघ महिनामा बनेको रवि पुष्य योगमा योग्य व्यक्तिलाई दान गर्नु पनि पुण्यपूर्ण र फलदायी मानिन्छ । गरिब मजदुरलाई खाना र कपडा दान गर्नु धेरै पुण्य कार्य हो।

यस दिन दान गर्नाले अनेक शुभ फल मिल्ने भनिएको छ। यस दिन तीर्थस्थल वा पवित्र नदीहरूमा स्नान गर्नु पनि शुभ मानिन्छ। जनवरी ८ मा बन्दैछ रवि पुष्य योग सन् २०२३ को पहिलो रवि पुष्य योग हो। रवि पुष्य यो वर्ष ५ फेब्रुअरी, १० सेप्टेम्बर, ६ अक्टोबर र ५ नोभेम्बर गरी जम्मा पाँच पटक आउनेछ । रवि पुष्य योग वा गुरु पुष्य योगमा विवाह गर्नु शुभ मानिन्छ। यस बाहेक सबै काम धेरै शुभ हुन्छन्।

अर्को समाचार:

यस व्रत गर्नाले हुनेछ हरेक समस्याको अन्त्य, हुनेछ हरेक मनोकामना पूरा !