दैनिक पूजामा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती, कहिल्यै मिल्ने छैन पूजाको फल !

धर्म र वास्तुशास्त्रमा हरेक देवताको पूजाका लागि विभिन्न नियमको बारेमा बताएको छ। प्रत्येक देवताको बीज मन्त्र फरक, प्रिय भोग, प्रिय फल फरक-फरक हुने गर्दछ। पूजामा प्रत्येक देवतालाई विभिन्न चीजहरू चढाइन्छ। विधि-विधान अनुसार पूजा गर्दैमा देवी-देवता खुसी हुँदैनन्। त्यसैले पूजा गर्दा यी नियमहरू ध्यानमा दिनु पर्दछ। अन्यथा पूजाको पूर्ण फल प्राप्त हुँदैन।
यसका बाहेक पूजामा हुने गल्तीले पनि देवी-देवतालाई क्रोधित गर्न सक्छ। जसका कारण आर्थिक विपत्ति आउन सक्छ। स्वास्थ्य, सम्बन्ध, प्रगति आदिमा नराम्रो असर पर्न सक्छ। जान्नुहोस् पूजा गर्दा कुन कुराको विशेष ख्याल गर्नु पर्दछ।
पूजा-पाठ गर्दाको नियम
मन्त्र: सधैँ सही तरिकाले मन्त्र जप गर्नु पर्दछ। गलत मन्त्रको उच्चारण नगर्नुहोस्। पूजा आराधना गरिरहनु भएको भगवानसँग सम्बन्धित मन्त्र पढ्नुहोस्। मन्त्र जप गर्नु अघि पवित्रताको ख्याल गर्नुहोस्। अर्थात् कुशको आसनमा बसेर नुहाएर, चोखो लुगा लगाएर मात्र मन्त्र जप गर्नुहोस्।
दियो: पूजा गर्दा भगवानलाई धूप दियो बाल्ने गर्नु पर्दछ। तर ध्यान राख्नुहोस् कि जमिनमा दियो वा धूप भुईँमा नराख्नुहोस्। थाली वा भाँडामा राख्नुहोस्।
देवी-देवताको मूर्ति: जमिनमा देवी-देवताको मूर्ति वा तस्बिर कहिल्यै नराख्नुहोस्, यसो गर्दा भगवान क्रोधित हुन्छन्। यसका साथ-साथै तपाईको जीवनमा धेरै समस्या र कष्टहरू आउन सक्छन्। भगवानको मूर्ति वा तस्बिरलाई कुनै उच्च स्थानमा सधैँ आदरपूर्वक राख्नुहोस्।
शंख: हिन्दू धर्ममा शंखलाई पूजायोग्य मानिन्छ। पूजामा सङ्ख बजाउनुका धेरै शुभ मानिन्छ। शंखमा लक्ष्मीको वास हुने जनविश्वास छ। त्यसैले शंखको पनि दैनिक पूजा गरिन्छ। भुईँमा सङ्ख कहिल्यै नराख्नुहोस्। यसो गर्नाले घरमा गरिबी भित्रिन सक्छ।
सुनका गहना: सुन चाँदी जस्ता धातुलाई पनि पूजनीय मानिन्छ। विशेष गरी सुनका गहनाहरू पूजाको समयमा भुईँमा कहिल्यै नराख्नुहोस्। यसो गर्दा माता लक्ष्मी क्रोधित हुन्छिन्।
अर्को समाचार:

सूर्य अस्तपछि नगर्नुहोस् यस्ता ३ चिजको दान, लक्ष्मीको कृपा घरबाट टाढा जानेछ