आजबाट एक महिनासम्म यी राशिलाई हुनेछ अत्यन्तै शुभ, यी राशिको पदोन्नति हुने प्रबल सम्भावना !

डिसेम्बर १६ तारिखबाट विवाह समारोह र शुभ कार्य गर्न निषेध गरिन्छ। खरमास १६ डिसेम्बरको बिहान ९:५८ बजेबाट सुरु हुनेछ, जुन १४ जनवरी २०२३ बेलुका ८:४५ सम्म चल्नेछ। खरमासको पहिलो दिन पनि सूर्य धनु राशिमा प्रवेश गर्दैछ । यसै दिन धनु सङ्क्रान्ति पनि परेको छ। सूर्य धनु राशिमा प्रवेश गर्दा बुद्धादित्य योग बनिरहेको छ। खरमासको अवधिमा ग्रह र नक्षत्रको स्थितिले कुन राशिलाई फाइदा हुन्छ जान्नुहोस्।

मेष राशि  

मेष राशिका व्यक्तिहरूलाई खरमासको समयमा विशेष फल मिल्नेछ। यो अवधिमा धन लाभ हुने सम्भावना छ। बाबुको सहयोगले कार्य सम्पन्न हुनेछन् । समस्याबाट मुक्ति मिल्नेछ।

कर्कट राशि

कर्कट राशिका लागि खरमसको समय निकै शुभ मानिन्छ। कर्कट राशिका लागि लक्ष्मीनारायण योग पनि बनेको छ । यस अवधिमा आफ्नो करियरसँग सम्बन्धित राम्रो परिणाम प्राप्त गर्नुहुनेछ। यस समयमा शत्रुबाट सजग रहनुपर्ने देखिन्छ ।

वृश्चिक राशि 

वृश्चिक राशिका लागि खरमासको अवधिमा बुद्धादित्य योग बन्नेछ । यो समय यस राशिको लागि लाभदायक रहनेछ। यो अवधिमा नयाँ कामको अवसर मिल्नेछ। धन बचतमा सफलता मिल्नेछ ।

कुम्भ राशि 

कुम्भ राशिका लागि समय राम्रो रहनेछ। कार्यस्थलमा उच्च अधिकारीको सहयोग प्राप्त हुनेछ। पदोन्नति हुने सम्भावना छ । धनलाभको सम्भावना छ ।

मीन राशि 

मीन राशिका लागि बुद्धादित्य योग बन्नेछ। खरमासको समयमा कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सकिनेछ। आम्दानीमा बृद्धिको सम्भावना रहनेछ । परिवारसँग राम्रो समय बित्नेछ।

अर्को समाचार:

पौष ३ गतेको राशिफल: आइतबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !