आज परेको छ मासिक शिवरात्रि, जान्नुहोस् भगवान शिवको पूजा विधि !

धार्मिक मान्यता अनुसार आज मासिक शिवरात्रि परेको छ । आजको दिन भगवान शिवको विधि–विधान अनुसार पूजा–आराधना गर्ने विभिन्न महत्त्व बताइएको छ । यस दिन भगवान शिवको पूजा, दान आदि गर्नाले भगवान शिवको आशीर्वाद प्राप्त हुनुका साथै घरमा सुख-समृद्धिको वास हुने जनविश्वास रहेको छ ।

हरेक महिना आउने शिवरात्रिलाई मासिक शिवरात्रि भनिन्छ। मासिक शिवरात्रि प्रत्येक महिनाको कृष्ण पक्षको चतुर्थी तिथिमा पर्छ। यस महिनाको मासिक शिवरात्रि आज अर्थात् मंसिर ६ गते परेको छ । गत महिना कार्तिक ६ गते मासिक शिवरात्रि परेको थियो ।

यस दिन साँचो मनले भक्तिपूर्वक भगवान शिवको पूजा–आराधना गर्नाले सबै मनोकामना पूरा हुने जनविश्वास छ । यसका साथै सबै समस्याबाट छुटकारा मिल्छ । अर्कोतर्फ शिव पुराणका अनुसार यस दिन भगवान शिवको नाममा व्रत गर्नाले आर्थिक सङ्कट हटेर घरमा शान्तिको वातावरण बन्ने धार्मिक मान्यता रहेको छ ।

मासिक शिवरात्रिको महत्त्व

सूर्योदय अघि उठेर नुहाउने । मन्दिर वा घरमा भगवान शिव, माता पार्वती, गणेश नन्दीको पूजा आराधना गर्नुहोस्। भगवान शिवलाई गंगा जल, सुद्ध घिउ, दही र महले अभिषेक गर्नुहोस्। शिव पुराण, शिव चालिसा र शिवको मन्त्र जप गर्नुहोस्। पूजाको अर्को दिन अभावमा रहेका व्यक्तिलाई सेतो वस्तु दान गर्नुहोस्।

पौराणिक कथा अनुसार महाशिवरात्रिको दिन भगवान शिव लिङ्गको रुपमा प्रकट भएका थिए । जसको सर्वप्रथम भगवान विष्णु र ब्रह्माजीले पूजा गरेका थिए । यो व्रत राख्नाले जीवनमा सुख–समृद्धि मिल्नुका साथै सङ्कटबाट मुक्ति मिल्ने विश्वास पनि छ ।

अर्को समाचार:

जति धन कमाउँदा पनि बचत नभएर हैरान हुनुहुन्छ ? यी साधारण वास्तु उपायले जीवन परिवर्तन गर्न सक्छ