अबको २ दिनपछि देवगुरु सिधा चालमा फर्कँदै, यी राशिको खुल्नेछ बन्द भाग्यको ताला !

ज्योतिषशास्त्रमा देवगुरु बृहस्पतिलाई धन, यश, ज्ञान र सुख-समृद्धि आदिको कारक मानिएको छ। जसको कुण्डलीमा बृहस्पति ग्रहको शुभ स्थान हुन्छ उसको जीवनमा सबै प्रकारको सुख प्राप्त हुन्छ । मंसिर ८ गते ग्रहहरुको गुरु बृहस्पति प्रवेश गर्दै छन्। बृहस्पति ग्रह दिशामुखी भएकोले सबै १२ राशिमा यसको प्रभाव देखिनेछ । मीन राशिमा बृहस्पतिको सिधा चालको कारण केही राशिका व्यक्तिहरूले आर्थिक लाभ प्राप्त गर्न सक्नेछन् र आफ्नो करियरमा सफलता प्राप्त गर्न सक्छन्। मङ्सिर ८ गते बिहान ४ः५१ बजे गुरु मीन राशिमा प्रवेश गर्ने छन्।

बृहस्पति देव सिधा चालमा फर्कँदा यी राशिलाई हुनेछ लाभ-

वृष राशि 

 

बृहस्पति यस राशिको आठौँ र लाभदायक घरको स्वामी हो। मीन राशिमा बृहस्पतिको राशि परिवर्तन यस राशिको लागि लाभदायक हुनेछ। यस अवधिमा काममा सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ। लगानीबाट लाभ हुने सम्भावना छ । नोकरी तथा व्यवसायमा प्रगति गर्न सकिनेछ । कार्यस्थलमा उच्च अधिकारीको सहयोग मिल्नेछ।

कर्कट राशि  

कर्कट राशिका लागि मीन राशिमा बृहस्पति विराजमान हुनु शुभ रहनेछ। यस अवधिमा नयाँ अवसरहरू प्राप्त गर्नुहुनेछ। भाग्यले साथ दिनेछ। सुख सुविधामा वृद्धि हुनेछ । जीवन साथीको पूर्ण सहयोग मिल्नेछ । प्रेमी-प्रेमिकासँग घुम्न जान सकिनेछ।

वृश्चिक राशि  

वृश्चिक राशिका लागि शुभ समय सुरु हुने भएको छ। बृहस्पति ग्रह मीन राशिमा गोचर भइरहेको छ जसको प्रभावले जागिरमा पदोन्नति र वृद्धिको सम्भावना छ । साझेदारीका कामबाट लाभ मिल्न सक्छ । भाग्यले साथ दिनेछ। बुवाको सहयोगमा नयाँ कामको थालनी गर्न सकिनेछ । कार्यस्थलमा उच्च अधिकारीहरु खुसी रहनेछन् । नयाँ जिम्मेवारी पाउन सकिनेछ ।

मीन राशि  

देवगुरु यस राशिको स्वामी ग्रह हो। बृहस्पति अहिले यस राशिमा राशिमा मात्रै चलिरहेको छ। यस्तो अवस्थामा बृहस्पतिको कृपाले नयाँ अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिले सफलता हात पार्न सक्छन्। विवाहको प्रस्ताव आउनेछ। यात्रामा जाने अवसर मिल्नेछ ।

अर्को समाचार:

आगामी महिना ५ राशि समस्यामा पर्न सक्ने, शुक्र ग्रह एक महिना २ पटक राशि परिवर्तन गर्दै !