साताको शुभ राशि: कार्तिक महिनाको यस अन्तिम साथ यी ५ राशिलाई अत्यन्तै शुभ हुँदै !

हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ  ?

ज्योतिषाचार्य दामोदरनाथ लोहनी

मेष राशि  (चु चे चो ला लि लु ले लो अ)

मध्यम खालको साता छ । समस्या बढी आए पनि गरेका काम बन्ने छन्। व्यापार, व्यवसायबाट फाइदा हुने देखिन्छ। खर्चको मात्रा अलिकति घट्ला। परिवारबाट पनि क्रमिक रूपमा सहयोग मिल्न थाल्ने छ। साताको सुरुका दुई दिन निकै काम बन्ने छन्।

सिंह राशि (मा मि मु मे मो टा टी टू टे)

सम्मान र प्रतिष्ठा बढ्ने छैन । मेहनत भने प्रशस्त पर्नेछ। अध्ययन गर्न खोज्दा एकाग्रताको एकदमै अभाव देखिन्छ। निरर्थक भ्रमण भने बढी नै होला । लामोयात्राको सम्भावना कम छ। नजिकका भन्दा टाढाका नातेदारले विशेष सहयोग गर्नेछन्।

कन्या राशि (टो पा पी पू ष ण ठ पे पो)

राम्रै खालको साता छ। मङ्गलबार सम्म राम्रो छ र केही महìवपूर्ण काम पनि बन्नेछन् । बुधबार व्यावसायिक काममा विशेष तल्लीन हुनुपर्ने छ। पढाइमा राम्रै प्रगति देखिन्छ। मित्रबाट पाइने सहयोगमा कमी हुने छैन।

तुला राशि (र  रि रु रे रो ता ति तु ते)

यो साता खर्च नघटे पनि केही महìवपूर्ण काम बन्नाले मन प्रसन्न होला। सामुन्ने आएका बाधा व्यवधानलाई सजिलैसित समाधान गर्न सक्नुहुनेछ। खासगरी प्राविधिक काममा प्रगति हुनेछ। इष्टमित्रबाट राम्रै सहयोग पाउनुहोला। प्रेमको सम्बन्धमा सफलता मिल्नेछ।

कुम्भ राशि (गू गे गो सा सी सु से सो दा)

नराम्रो साता छैन । पहिलेको स्थितिमा सुधार हुनेछ। लेख्ने र पढ्ने काममा राम्रै प्रगति गरिने देखिन्छ। व्यापार, व्यवसायले पनि मनग्गै टेवा देला। नजिकका नातेदारले भने त्यति ठूलो सहयोग दिने छैनन्। जागिरबाट मद्दत मिली नै रहला।

अर्को समाचार:

आगामी मंसिर १९ गतेसम्म सूर्य जस्तै चम्किनेछ यी राशिको भाग्य, धनको साथै मिल्नेछ मान-सम्मान !