शनिदेव सिँधा चालमा फर्कँदै, यी ५ राशिलाई मिल्नेछ ठूलो राहत: कुन-कुन राशि ?

आगामी २३ अक्टोबरमा शनि राशि परिवर्तन गर्दैछ्न् । यो दिन धनतेरस पनि परेको छ । त्यसैले धनतेरसको दिन ग्रहहरूको स्थितिलाई महत्त्वपूर्ण मानिन्छ। धनतेरसमा शनिको चाल परिवर्तनको प्रभावले सबै १२ राशिलाई शुभ-अशुभ असर गर्नेछ। तर यस दिन शनिको स्थितिमा हुने चलनका कारण केही राशिका व्यक्तिहरूलाई शुभ अवसर मिल्न सक्छ। जान्नुहोस् यी राशिको बारेमा-

मेष राशि

मेष राशिका लागि यो समय निकै लाभदायक मानिन्छ। धनतेरसको दिन शनिको चाल परिवर्तनका कारण मेष राशिका व्यक्तिहरूलाई व्यापारमा गति मिल्न सक्छ। रोजगारीमा जानेहरुका लागि प्रगतिका संकेत देखिन्छन् ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूलाई शनि सिधा चाल भएर पूर्ण लाभ मिल्नेछ। यस समयमा सिंह राशिका व्यक्तिलाई करियरमा नयाँ अवसर प्राप्त गर्न सक्नेछन् । तर, यो अवधिमा खर्च नियन्त्रण गर्न आवश्यक छ।

तुला राशि

तुला राशिका व्यक्तिहरूलाई धनतेरसको दिन शुभ समाचार प्राप्त हुनेछ। जब शनि सिधा चालम आउनेछन् तब अचानक आर्थिक लाभको सम्भावना पनि छ। धनतेरसको दिन सुन किन्नु लाभदायक हुनेछ।

वृश्चिक राशि

शनिको सिधा चालमा फर्कदा वृश्चिक राशिका लागि निकै शुभ रहनेछ । यस अवधिमा वाहन सुख प्राप्त गर्न सकिनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ । दाजुभाइको सहयोग मिल्नेछ । व्यापारिक योजना सफल हुनेछन्।

अर्को समाचार:

धनतेरसबाट सुरु हुनेछ यी ४ राशिको शुभ दिन, यस वर्षभर अत्यन्तै शुभ हुने !