अत्यन्तै सरल छ धनवान बन्न, मनको शक्तिले हुनेछ हरेक कामना पूरा, पढ्नुहोस् यी ५ अत्यन्तै गुप्त रहस्य

काठमाडौँ – धनवान बन्ने यस्ता गुप्त रहस्य जुन अपनाएर तपाई पनि अवश्यै धनवान बन्न सक्नुहुन्छ। ज्योतिष र अन्य माध्यमहरुबाट आज हामीले तपाई सामू ल्याएका छौं धनवान बन्ने ५ यस्ता गुप्त रहस्य जुन अपनाएर तपाई चमत्कारिक रूपले धनवान बन्नु हुनेछ।

• पहिलो रहस्य

∼ विश्वास गर्नुहोस् कि तपाई धनी हुनुहुन्छ। 

यदि तपाई साँच्चै धनी बन्न चाहनुहुन्छ भने तपाईले एक धनी व्यक्तिको जस्तो सोच हुन्छ त्यस्तै आफ्नो सोच पनि बनाउनु पर्नेछ। तपाईले आफ्नो रहनसहन बदल्नुपर्नेछ। आफूलाई धनी सम्झनु पर्नेछ। विश्वासमा धेरै ठूलो तागत हुन्छ। सोच परिवर्तन गरेमा भविष्य परिवर्तन हुनेछ। जो मानिस आफूलाई दरिद्र सोच्छन्, तिनीहरु सधैँ नै दरिद्र नै रहन्छन्।

• दोस्रो रहस्य

∼ धन्यवाद दिने बानी बसाल्नुहोला।

ईश्वरसँग सबै जना माग्छन् मात्र तर धन्यवाद आजसम्म कतिले दिए होलान् ? तपाईले आफ्नो जीवनमा अहिलेसम्म जे पाउनु भयो त्यसको लागि ईश्वर, प्रकृति या कुनै पनि व्यक्तिलाई दिलले धन्यवाद दिनुहोस्। धन्यवादको तागतलाई बुझ्ने कोसिस गर्नुहोस्। धन्यवादको प्रतिफलको लागि तयार रहनुहोला किनकी भविष्यमा तपाईले धेरै कुरा प्राप्त हुने वाला छ।

• तेस्रो रहस्य

∼ ईश्वर, प्रकृति या आकाशसँग माग्नुहोस्।

ईश्वर, प्रकृति या आकाशसँग तपाईलाई दिनको लागि धेरै चिजहरु छन्, तर यदि तपाईसँग कुनै वस्तु पाउनको लागि कुनै चाहना छैन भने त तपाईले त्यो प्राप्त गर्नुहुन्न। तपाईको चाहत या मागमा तागत हुनु पर्छ। माग्ने समयमा मनमा विश्वास राख्नुहोस्। तपाईको माग स्पष्ट हुनुपर्छ। सर्वप्रथम कुनै एक वस्तु माग्नुहोस् र त्यस वस्तु पाउनको लागि विश्वासको साथ प्रतीक्षा गर्नु भएमा त्यो तपाईले निश्चित रुपमा पाउनु हुनेछ। तपाईको ईच्छा या माग परिवर्तनमा भईरहेमा तपाईको पर्खाई झन् बढ्न सक्छ।

• चौथो रहस्य

∼ वास्तुको नियम मान्नुहोला।

घरलाई वास्तु अनुसार ढाल्नु होला। क्रोध नगर्नुहोला र कुनै पनि प्रकारका व्यसनबाट टाढा रहनुहोला। बैठक कक्षमा यस्तो चित्र राख्नुहोस् जसमा हाँसिरहेको परिवार होस्। पूजा स्थानमा माता लक्ष्मीको यस्तो चित्र राख्नुहोस् जसमा माता लक्ष्मीको हातबाट धनको वर्षा भईरहेको होस्। भोजन सदैव पूर्व या उत्तर पट्टि मुख फर्काएर गर्नुहोला। घरको सन्दुक या बाकस या तिजौरीमा तामा, पीतल या चाँदीको सिक्का पर्याप्त मात्रामा राख्नुहोला। यस बाहेक बेसारको टुक्रा, पहेलो कौडा, तामा या चाँदीको सिक्का पनि तिजौरीमा राख्नुहोला। घरको वातावरणलाई सधैँ सुगन्धित बनाएर राख्नुहोला। खल्तीमा सधैँ केही सिक्का राख्नुहोला। अन्तिम उपाय यो हो कि हरेक शनिबार पीपलको वृक्षको फेदमा घ्युको दीपक र सुगन्धित अगरबत्ती बाल्नुहोला।

• पाँचौं रहस्य

∼ रातमा नोट गनेर मात्र सुत्नुहोला।

१०, ५० या १०० को नोटको एक बिट्टो बनाउनुहोस्। हरेक दिन सुत्नु भन्दा अघि पैसा गनेर यथायोग्य स्थान राखी सुत्नुहोस्। यस्तो कम्तिमा ४३ दिनसम्म गर्नुहोस्।

अर्को समाचार:

चीरहरणको समय श्रीकृष्णद्वारा द्रौपदीको लाज बचाउनुको पछाडी दुई कारण थिए, जान्नु भएमा छक्क पर्नुहुनेछ