यदी तपाई चम्चाले खाना खानुहुन्छ भने आजैबाट हातले खाने गर्नुहोस, जान्नुहोस ५ फाईदा !

आधुनिकताले या देखासिकीले गर्दा आजकल खाना खादा मानिसहरु चम्चाको प्रयोग गर्न थालेका छन् । वर्तमान जीवनशैलीलाई आधार मानेर हेर्ने हो भने चम्चाको प्रयोग गर्नु उपयोगी देखिन्छ। तर सफा हातले खाना खाने हो भने
हाम्रो स्वास्थ्यमा यसका धेरै फाईदाहरु रहेका छन्।

१. हातले खाना खादा हाम्रो हातका औँलाहरु एक-आपसमा मिल्दा एक मुद्रा बन्छ र शरीरमा विशेष ऊर्जा उत्पन्न हुन्छ। जसले स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ।

२. हातले खाना खाने गर्यो भने मानव शरीरको पाचन तत्वको सन्तुलन सही हुन्छ ।

३. जब हामि हातले खाना खान्छौँ हातको स्पर्शले हाम्रो हात, मुख, पेट र दिमागको एक प्रकारको सम्बन्ध बन्छ। यसले शरीरलाई कुपोषितबाट जोगाउछ ।

४. हातले खाना खानुअघि हात धुने बानीले गर्दा हामी स्वास्थ्य रहन सक्छौ तर चम्चामा अनेक जीवाणुको उपस्थिति हुन सक्ने सम्भावना धेरै रहेको हुन्छ।

५. हातले खाना खादा खानाको तापक्रम कति छ भनेर हामि स्पर्शबाट थाहा पाउन सक्छौं तर चम्चाबाट गारो हुने र मुख पोल्ने जस्तो सम्भावना धेरै हुन्छ।

अर्को समाचार:

महिला र पुरुषको सर्टको टाँक फरक भागमा हुनुका अनौठा ४ तथ्यहरु