मेस्सी-रोनाल्डो नरोजी यी खेलाडी सबैभन्दा मनपर्ने रहेछ काकालाई, को हुन् ?

ब्राजिलका पूर्व सुपरस्टार रिकार्डो काकाले भर्खरै नेयमार जूनियरलाई आफ्नो मनपर्ने फुटबलरको रूपमा बताएका छन् भने उनले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई सम्मानजनक तरिकाले उल्लेख गरे।

काका कुनै समय मेस्सी र रोनाल्डोसँगै विश्वका उत्कृष्ट खेलाडीमा परेका थिए। एसी मिलानमा सर्नु अघि उनी चार सिजन रियल म्याड्रिडमा रोनाल्डोका सहकर्मी पनि थिए। यद्यपि, ब्राजिलियनले आफ्नो देशका नेयमार जुनियरलाई आफ्नो वर्तमान मनपर्ने खेलाडीको रूपमा नाम दिए।

मार्कासँग हालैको एक अन्तर्वार्तामा पूर्व लस ब्लान्कोस स्टारले भने: “मलाई थाहा छैन किनभने हामीबीच राम्रो व्यक्तिगत सम्बन्ध छ तर मलाई नेयमारले खेल्ने तरिका मनपर्छ। पक्कै पनि मलाई एमबाप्पे, मेस्सी, क्रिस्टियानो वा भिनिसियस जस्ता अरूलाई हेर्न मनपर्छ तर म ‘नेय’सँग अडिग रहनेछु।”

२००७ ब्यलोन डी’ओर विजेता उनको क्षमता र खेल शैलीको मामलामा विश्व कै सर्वश्रेष्ठ खेलाडी मध्ये एक रहेका थिए। ब्राजिलियन स्टारले एसी मिलान, रियल म्याड्रिड जस्ता युरोपियन महारथीसँग खेलेका छन्।

प्रकाशित : , ०, ०१२:५६

‘फोन फुटाइदिएपछि किन्दिनु पर्दैन ? रोनाल्डो माथि कारवाही हुनै पर्छ’