यी हुन् विश्व फुटबलमा सर्वाधिक तलब पाउने ८ खेलाडी: कमाउँछन् ७ पुस्तालाई पुग्ने पैसा !

एजेन्सी – पछिल्लो केही वर्षयता विश्व फुटबलमा खेलाडीको तलब ह्वात्तै बढेको छ । कोरोना महामारीका कारण आर्थिक समस्या आएपनि क्लबले स्टार खेलाडीलाई अनुबन्ध गर्न वा क्लबमै राख्न मोटो तलब दिँदै आएका छन् ।

विशेषगरी विश्वकै उत्कृष्ट लिग मानिने इंग्लिस प्रिमियर लिगमा क्लबहरुले मोटो रकम दिँदै खेलाडी भित्र्याउने गरेका छन् । फ्रान्सको पेरिस सेन्ट जर्मेनले पनि यस सूचीमा आफूलाई उभ्याएको छ । अरबी मालिक भएकाले खर्च गर्न नडराउने पिएसजीमा विश्वका शीर्ष तीन तलब बुझ्ने खेलाडी छन् ।

हरेक देशको नियम अनुसार खेलाडीले आफ्नो तलबबाट कर तिर्नुपर्ने हुन्छ । विभिन्न देशमा स्वदेशी र विदेशी खेलाडीका लागि फरक फरक कर निर्धारण गरिएको हुन्छ । फ्रान्समा विदेशी खेलाडीले ३० प्रतिशत कर तिर्दा स्वदेशी खेलाडीले ४५ प्रतिशत तिर्नुपर्छ । अन्य देशको लिगमा खेल्ने फ्रान्सेली खेलाडीले २० प्रतिशत मात्र कर तिरे पुग्छ ।

त्यस्तै प्रिमियर लिगमा पनि इंग्लिस खेलाडीले ४५ प्रतिशत कर तिर्छन् भने विदेशी खेलाडीले २० प्रतिशत कर तिरे पुग्छ । स्पेन र जर्मनीमा स्थानीय खेलाडीले ४७ प्रतिशत कर तिर्दा विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्ने गरेका छन् । स्टार खेलाडीले भने आफ्नो क्लबसँग सम्झौता गर्दा नै कर काटेपछि तलबका लागि सम्झौता गर्छन् ।

बेलायती संचारमाध्यम डेली मेलले सार्वजनिक गरेको विश्व फुटबलमा कर काटेपछि मोटो तलब बुझ्ने शीर्ष ८ खेलाडी यसप्रकार छन् :

डेविड डे हेया

क्लब : म्यानचेस्टर युनाइटेड

पोजिसन : गोलरक्षक

तलब : ४ लाख ४५ हजार अमेरिकी डलर प्रति साता (५ करोड ७६ लाख ३० हजार रुपैयाँ प्रति साता)

एर्लिङ हालान्ड

क्लब : म्यानचेस्टर सिटी

पोजिसन : फरवार्ड

तलब : ४ लाख ४५ हजार अमेरिकी डलर प्रति साता (५ करोड ७६ लाख ३० हजार रुपैयाँ प्रति साता)

केभिन डे ब्रुएन

क्लब : म्यानचेस्टर सिटी

पोजिसन : मिडफिल्डर

तलब : ४ लाख ५६ हजार अमेरिकी डलर प्रति साता (५ करोड ९१ लाख ५८ हजार रुपैयाँ प्रति साता)

क्रिस्टियानो रोनाल्डो

क्लब : म्यानचेस्टर युनाइटेड

पोजिसन : फरवार्ड

तलब : ४ लाख ५६ हजार अमेरिकी डलर प्रति साता (५ करोड ९१ लाख ५८ हजार रुपैयाँ प्रति साता)

मोहमद सलाह

क्लब : लिभरपुल

पोजिसन : फरवार्ड

तलब : ४ लाख ७४ हजार अमेरिकी डलर प्रति साता (६ करोड १४ लाख ६३ हजार रुपैयाँ प्रति साता)

नेयमार

क्लब : पेरिस सेन्ट जर्मेन

पोजिसन : फरवार्ड

तलब : ७ लाख १८ हजार अमेरिकी डलर प्रति साता (९ करोड ३१ लाख रुपैयाँ प्रति साता)

लियोनल मेस्सी

क्लब : पेरिस सेन्ट जर्मेन

पोजिसन : फरवार्ड

तलब : ११ लाख ३८ हजार अमेरिकी डलर प्रति साता (१४ करोड ७४ लाख रुपैयाँ प्रति साता)

किलीयन एमबाप्पे

क्लब : पेरिस सेन्ट जर्मेन

पोजिसन : फरवार्ड

तलब : ११ लाख ८६ हजार अमेरिकी डलर प्रति साता (१५ करोड ३६ लाख रुपैयाँ प्रति साता)

प्रकाशित : , ०, ०१३:४३

के रोनाल्डो विन्टर ट्रान्सफर विन्डो कुरिरहेका छन् ?