सम्पन्न भयो धौलागिरी लघुवित्तको आइपिओ बाँडफाँड, यहाँ हेर्नुहोस् आफ्नो रिजल्ट !

काठमाडौँ – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड आज (भदौ ८ गते, बुधबार) सम्पन्न भएको छ। कम्पनीले साम २४  बाट सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो।

साउन २४ गतेबटा खुल्ला गरिएको आइपिओमा कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये १२ सय ८६ जनाको आवेदन रद्द भएको थियो भने योग्य रहेका १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको हो।

कसरी हेर्ने रिजल्ट ? 

सार्वजनिक भएको रिजल्ट अर्थात कम्पनीकाे आईपीओको नजिता ३ तरिकाबाट हेर्न सकिनेछ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (AllotmentResult (cdsc.com.np) बाट, बिक्री प्रबन्धक  सनराइज क्यापिटलको वेबसाइट र मेराे सेयरमा गई एप्लिकेसन रिपोर्टमा गएर पनि हेर्न सकिन्छ।

प्रकाशित : , ०, ०१०:४८