शहनाज गिल यस चलचित्रमा सञ्जय दत्तसँग फिल्म खेल्दै, फिल्म सुटिङका ​​लागि अमेरिका जाने !

एजेन्सी- सुपरस्टार सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ पछि अब बिग बोसबाट चर्चामा आएकी अभिनेत्री शहनाज गिलले अर्को फिल्ममा अभिनय गर्ने खबर बाहिर आएको छ । जानकारीका अनुसार सलमान खानपछि अब शहनाज गिललाई सञ्जय दत्तको फिल्ममा काम गर्ने मौका मिलेको छ, यस चलचित्रको लागि शहनाज अमेरिका जानुपर्नेछ ।

अहिले शहनाज गिलको एउटा भिडियो सार्वजनिक भएको छ जसमा उनी मेह:बूब स्टुडियो अगाडि उभिएकी छन् । आइतबार शहनाज मह:बूब स्टुडियो पुगिन् । उनी गुलाबी रंगको पहिरनमा देखिएकी थिइन् र फ्यानहरूले उनलाई स्वागत गर्दै फूलको वर्षा गरेका थिए । फ्यानसँगको कुराकानीमा शहनाज गिलले आफूले अर्को फिल्म पाएको संकेत गरेकी छिन् ।

फ्यानहरूले शहनाज गिललाई गुलाबको फूलको वर्षा गर्दा पत्रकारले  सुन्दर तस्बिर खिचेका थिए ।  अहिले भारतीय सञ्चार मध्यमक अनुसार शहनाज सञ्जय दत्तसँग फिल्मको सुटिङका ​​लागि अमेरिका जाने कुरा छ, शहनाजले पनि त्यसको संकेत दिएकी छिन् ।

शहनाज गिलले पापाराजीसँगको कुराकानीमा भनिन्, ‘म त गए अमेरिका वि:थ सञ्जु बाबा।’ शहनाज गिलको यो बयानपछि उनी कुनै ठूलो प्रोजेक्टका लागि अमेरिका जाने अनुमान गरिएको छ । यसअघि शहनाज गिलले फिल्म ‘कभी ईद कभी दिवाली’ मा सलमान खानसँग अभिनय गार्मे मौका पाएकी छिन् ।

प्रकाशित : , ०, ०१६:५०