स्पेनका प्रधानमन्त्रीकी पत्नीमा पनि कोरोनाको संक्रमण !

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । परीक्षणका क्रममा बेगोनामा कोरोना पोजेटिभ देखिएको स्पेनको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस्तै, बेगोनाका साथै अन्य दुई मन्त्रीपरिषदका सदस्यमा पनि कोरोनाको संक्रमण भएको पुष्टी भएको छ । संक्रमण हुनेमा मन्त्री इरेने मोन्टेरो  र क्यारोलिना दारियास रहेका छन् ।

देशव्यापी रूपमा कोरोना संक्रमण फैलिएको घोषणा गरेको केहि घण्टा भित्रै बेगोना सहित अन्य दुई जनामा कोरोनाको संक्रमण पुष्टी भएको हो। हाल गोमेजलाई आइसोलेसनमा राखिएको छ । यस्तोमा , कोरोनाको संक्रमण तिब्र भएपछि प्रधानमन्त्री सान्चेसले देशभरका ४ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा बस्न  निर्देशन दिएका छन् ।

यस्तै, अत्यावश्यक चिज जस्तै: खाद्यान्न खरिद गर्न, अस्पताल वा औषधि खरिदका लागि, बैंकबाट रकम निकाल्न, परिवारको सदस्य बिरामी भएमा  मात्र घरबाट बाहिर निस्कन स्पेनिस सरकारले अनुरोध गरेको छ। नियम उलङ्घन गर्दै अनावश्यक रुपमा घर बाहिर निस्केको खण्डमा ३ महिनादेखि १ वर्षसम्म जेल सजाय तथा पाँच सयदेखि २ हजार युरोसम्म जरिवाना हुने बताइएको छ ।

युरोपमा स्पेन इटालीपछि सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको देश  हो । हालसम्म त्यहाँ कोरोनाको कारण ज्यान गुमौनेको संख्या ११६ पुगेको छ भने संक्रमितको संख्या ६ हजार भन्दा बढी छ । यस्तो अवस्थामा, शुक्रबारनै स्पेनिस सरकारले देशभर आपतकालीन अवस्थाको घोषणा गरिसकेको छ ।

प्रकाशित : , ०, ०११:४१

सिरहामा गुड्दै गरेको एक सरकारी गाडीको टायर एक्कासी खुलेपछि …