आफ्नो आलिसान होटललाई निशुल्क अस्पताल बनाउँदै रोनाल्डो!

एजेन्सी- कोरोना भाइरसको संक्रमणले अहिले संसारभर नै त्रास फैलाइरहेको छ । यस्तो अवस्थामा कोरोनाको संक्रमण संसारभर फैलिएपछि विश्व प्रसिद्ध फुटबल खेलाडी तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो होटललाई अस्पतालमा परिणत गर्ने भएका छन्  । आफ्नो देश पोर्चुगलमा समेत कोरोनाको संक्रमण फैलिन थालेपछि रोनाल्डोले बिरामीको उपचार गर्न आफ्नो होटललाई अस्पतालमा परिवर्तन गर्न लागेका हुन् ।

उनले लिस्बोनमा रहेको आफ्नो आलिसान होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पताल बनाउँन लागेको विभिन्न संचार मध्यमले जनाएका छन् । उनले आफ्नो होटललाई सात दिनभित्र  अस्पतालमा परिणत गर्ने जनाइएको छ । यस्तै बिरामीको उपचारमा लाग्ने सबै खर्च पनि स्वयम् रोनाल्डोले गर्ने बताइएको छ।

उनले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च नि:शुल्क गर्न लागेका हुन् । उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले ब्यक्तिगत रूपमा गर्नेछन् ।

फुटबल खेलेर सबैको मन जितेका उनले समाजसेवा गरेर पनि दुनियाभरबाट तारिफ पाइरहेका छन् । रोनाल्डो समय समयमा यस्ता समाजसेवा गरिरहने कारण उनलाई महान् खेलाडीको साथसाथै एक महान् व्यक्तिव पनि मानिन्छ ।

हाल इटालीमा बस्दै आएका उनि आफ्नी आमालाई भेट्न पोर्चुगल जाँदा उनलाई कोरोना संक्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर प्रशिक्षणपछि उनमा कोरोनाको संक्रणम नभएको पुष्टी गरिएको थियो । पोर्चुगलमा अहिलेसम्म १ सय ६९ जनामा कोरोनाको संक्रमण फेला परेको छ भने, अहिलेसम्म कसैको ज्यान भने गएको छैन ।

प्रकाशित : , ०, ००६:३४

राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन, अमेरिकामा पनि ट्रम्पद्वारा स्वास्थ्य आपतकाल घोषणा