दुलाहाको ज्यान गएपछि बेहुलीको चित्कार – ‘एक चोटी अनुहार त देखाइदेउ’

एजेन्सी – भारत स्थित जलन्धर बाईपास सडकमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । उनीहरु सालो भिनाजु भएको बताइएको छ । भनिएको छ कि सोहि दिन विवाह भएको दुलाहा बेलुका कारमा आफ्नो भिनाजुका साथै अन्य केहि मानिससँग घुम्न भनेर निस्केका थिए । यस्तोमा ,जालन्धर बाइपास सेवा लेनमा उनीहरु सवार कार अगाडि रहेको ट्रकसँग ठोक्कियो , जसमा दुलाहा र उनको भिनाजुको घटनास्थलमै ज्यान गयो भने अन्य ५ जना गम्भीर घाइते भए।

मृतकको पहिचान भइसकेको जनाइएको छ । ज्यान गुमाउँनेमा लुधियाना जिल्ला भटिया गाउँका राहुल र उनको भिनाजु  मण्डी, हिमाचल निवासी राजु रहेका छन्। भनिएको छ कि राहुलको बुधबार दिउसो मात्र विवाह भएको थियो । विवाहको समारोह समाप्त भइसकेपछि र दुलहीलाई घर भित्र्याई सकेपछि राहुल र उनका आफन्तहरू रमाइलो गर्न भनेर लुधियाना पुगे। त्यहाँ पार्टी सक्केपछि न-शाको ता-लमा ७ जना कारमा गाउँ फर्किरहेका थिए।  कारको गति धेरै भएको कारण कार जासियन चोक नजिकको ट्रकसँग ठोक्कियो पस्यो र दुर्घटना भयो । घाइतेहरुलाई तुरुन्त अस्पतालमा भर्ना गरियो । त्यस्तै,ट्रक मुनि फसेकोको कारलाई  क्रेनको सहयोगले बाहिर निकालियो।

यस्तै, जब नवदुलहीले आफ्ना पतिको मृ-त्यु भएको खबर पाईन् , उनी बेहोस् भईन्। आफन्तहरूले उनलाई तुरुन्तै अस्पताल लगे , जहाँ होस आएपछि उनी रुँदै मात्र एक कुरा बर्बराइ रहेकी छिन् ‘मलाई राहुलको अनुहार मात्र एकचोटि देखाइदिनुहोस् ।’

प्रकाशित : , ०, ०१४:५४

वेलायतमा कोरोनाको कारण ज्यान जानेको संख्या एकै दिनमा दोब्बर! ३८ हजारको स्वास्थ्य परीक्षण