चिनियाँ दूतावासले गैरजिम्मेवार र आपत्तिजनक काम गर्यो – रबिन्द्र मिश्र

काठमाडौँ – नेपाली एक निजी पत्रिकामा सम्प्रेषित लेखबारे नेपालका लागि चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति साझा पार्टीका संयोजक रबिन्द्र मिश्र आपत्ति जनाएका छन्।

मंगलबारको काठमाडौँ पोष्टमा छापिएको ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकको समाचारमा मास्क लगाएका माओत्से तुङको तस्बिरमा राखिएको प्रति राजदूतावासले कडा शब्दमा विज्ञप्ति निकालेको थियो।

जसबारे साझा पार्टीका संयोजक मिश्रले सामाजिक संजाल ट्वीटर मार्फत आपत्ति जनाएका हुन्। पत्रिकामा प्रकाशित समाचार र विचारप्रति विमति सर्वस्विकार्य अभ्यास भएता पनि दूतावासले धम्कीनै दिन भने नमिल्ने मिश्रको जिकिर छ।

“पत्रिकामा प्रकाशित समाचार र विचारप्रति विमति सर्वस्विकार्य अभ्यास हो तर आफ्नो विमति रहँदैमा दूतावासले धम्की नै दिनु अत्यन्तै असामान्य, अकुटनीतिक, गैरजिम्मेवार र आपत्तिजनक विषय हो।”,मिश्रले ट्वीटरमा लेखेका छन्।

यसरी राजदूतावासले धम्कीपूर्ण भाषामा विज्ञप्ति निकाल्नुको दोष दूतावासको अगाडि लम्पसार पर्ने दशकौँ देखिको नेपाली राजनीतिक चरित्रलाई जाने मिश्रको बुझाई छ।

मिश्र लेख्छन्,”यस्तो स्थिति आउनमा दूतावासको अगाडि लम्पसार पर्ने दशकौँको हाम्रो राजनीतिक चरित्र पनि कम जिम्मवार छैन।”

प्रकाशित : , ०, ०१०:२१

‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य छन्, कोही त्रसित नहुनुहोस्”